Comments Add Comment

सिड्नीमा ‘रेकर्ड ब्रेक’ वर्षा, जनजीवन अस्तव्यस्त

१२ मंसिर, सिड्नी । अष्ट्रेलियामा हावाहुरीसहित भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । सिड्नी, बुलुङ्ग, कुटुम्बा, गोसफर्ड, न्यूकासल लगायतका क्षेत्र प्रभावित भएका छन् ।

२०१५ यताकै ठूलो पानी परेको अधिकारीहरुले बताएका छन् । बुधवार बिहान सवा पाँच बजेदेखि ७ बजेसम्म दुई घण्टाको अवधिमा सिड्नीको मिलर्स पोइन्टस्थित अब्जरभेटरी हिलमा ८४.६ मिलिमिटर पानी परेको छ । नोभेम्बर महिनामा सिड्नीको औसत वर्षा दर ८३.८ मिलिमिटर हो । तर यो वर्षाको रेकर्ड बुधबार दुई घण्टामै तोडिएको मौसम विभागले उल्लेख गरेको छ ।

अब्जरभेटरी हिलमा १०६ मिलिमिटर, उत्तरी सिड्नीको मोसम्यानमा १११ मिलिमिटर र सेन्ट्रल कोस्टस्थित शोलहेभेनमा १५२ मिलिमिटर पानी परेको छ । नोभेम्बर महिनामै यति ठूलो पानी परेको पहिलो पटक हो ।

भारी वर्षा र हावाहुरीका कारण सिड्नी शहरसहितका क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।  घर, शपिङ कम्प्लेक्स जताततै पानी पसेको छ । रुख र बिजुलीका पोलहरु ढलेर सडक अवरुद्ध छन् ।

रेल, सार्वजनिक बस र हवाई सेवासमेत प्रभावित भएको अधिकारीहरुले बताएका छन् । सिड्नी विमानस्थलका ३ मध्ये एउटामात्र सञ्चालन गरिएको छ । धेरै हवाई उडानहरु अवरुद्ध छन् ।

प्रभावित क्षेत्रमा उद्धारकर्मी परिचालन गरिएको छ । राज्य सरकारले सवारी चालक, पैदलयात्री सबैलाई सावधानी अपनाउन सूचित गरेको छ ।

यसअघि सिड्नी सहितका क्षेत्रमा धुलोसहितको हुरीले पवनि जनजीवन प्रभावित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment