Comments Add Comment

जन्मजात मुटु रोग, यसरी हुनसक्छ

मुटुमा छेद हुने समस्यालाई मेडिकल भाषामा कान्जेनिटल हार्ट डिफेक्ट्स भनिन्छ । मुटुको संरचना सम्बन्धी यो समस्या शिशुहरुमा जन्मजात हुनसक्छ । यो समस्या भएमा मुटुभित्र रगतको बहाव परिवर्तित हुने गर्छ ।

मुटुमा छेद विभिन्न प्रकारको हुन्छ, जसमा सामान्य समस्यादेखि जटिल प्रकारका समस्या सम्मेलित छन् । यस रोगको उपचारका लागि चिकित्सकहरु शारीरिक परिक्षण गर्न सुझाव दिने गर्छन् ।

यो समस्या भएमा शिशुको मुटु सुन्निने गर्छ । जसले गर्दा सास फेर्ने, थकान महसुस हुने, ओठ तथा हात खुट्टाका नङ निलो हुने गर्दछ । र, यसको उपचार पनि रोगको प्रकृति अनुसार फरक हुने गर्दछ । हुन त आजकलको आधुनिक उपचार तथा उपचार विधीका मुटुमा छेदको समस्याबाट ग्रसित बच्चाहरु समेत ठूलो हुँदासम्म स्वस्थ जीवन विताउन सफल भएका छन् ।

कसरी थाहा पाउने ?

कुनै जन्मजात मुटु सम्बन्धि रोगको कुनै लक्षण वा संकेत देखिदैन , । जबकी केहीमा यसको लक्षण समेत देखिने गर्छ । जुन रोगको प्रकृति छेदको स्तर तथा त्यसको गम्भीरतामा पनि भर पर्छ । सामान्यतया, नवजात शिशुमा केही गम्भीर समस्या भएमा यसले लक्षण पैदा गर्न सक्छ, जुन यस प्रकार छ :

-छिटोछिटा सास फेर्ने

-छाला, ओठ तथा नङ निलो हुने

-मुटुको धडकन बाहिरबाटै सुन्न सकिने

-वजन कम हुने

-मुटुमा छेद भएका शिशुलाई खाना खाँदा तथा शारीरीक गतिविधिको दौरान छिटो थकान महसुस हुने गर्छ ।

कतिबेला चिकित्सकलाई देखाउने ?

यदी शिशुमा कुनै किसिमको गम्भीर समस्या देखिएमा, सास फुलेमा, छाती दुखेमा तुरुन्तै चिकित्सकका लैजानु पर्छ । त्यसबाहेक, यदी कुनै व्यक्तिमा जन्मजात मुटुको समस्याको लक्षण देखिएमा तुरुन्तै रोग पत्ता लगाएर यसको उपचार गराउनु पर्छ ।

मुटुमा छेदको कारण र जोखिम तत्व

धेरैजसोमा मुटुमा छेद हुनुको कारण अज्ञात हुने गर्छ । तपाथी, मुटुमा छेद हुनुको केही कारण हुनसक्छ ।

जस्तै, गर्भावस्थाको पहिलो हप्तामा गर्भमा रहेका शिशुको मुटुको विकासमा अवरोध भएमा वा असामान्य तरीकाले मुटुको विकास भएमा मुटु सम्बन्धि रोग लाग्ने गर्छ । उदाहरणको लागि ः

-मुटुको आन्तरिक पर्खाल

-मुटुको भल्भ

-शरीरमा रक्तसञ्चार गर्ने धमनी वा नशा कमजोर भएमा

त्यसबाहेक यी कारणले पनि मुटुमा छेद हुनसक्छ ।

आणुवंशिक कारण

परिवारमा कसैलाई मुटु सम्बन्धि मिस्या भएमा उक्त परिवारमा जन्मने शिशुमा जन्मजातै मुटु सम्बन्धि समस्या हुने सम्भावना उच्च हुन्छ ।

त्यस्तै, कयौ प्रकारका म्युटेसन (उत्परिवर्तन) का कारण पनि मुटुको बनावट परिवर्तित हुने गर्छ । त्यसबाहेक, डाउन सिन्ड्रोम, टर्नर सिन्ड्रोमबाट ग्रसित शिशुहरुमा पनि जन्मजातै मुटुको समस्या हुने सम्भावना उच्च हुन्छ ।

पर्यावरणाीय कारण

पर्यावरणाीय कारण अन्तर्गत गर्भावस्थामा गर्भवती महिलालाई रुवेला लगायतको वायरल संक्रमण भएमा उक्त गर्भवती आमाबाट जन्मने शिशुमा जन्मजातै मुटुको समस्या हुने सम्भावना उच्च हुन्छ ।

त्यस्तै, विभिन्न प्रकारको औषधीको दुष्प्रभावले पनि यो समस्या निम्त्याउन सक्छ । त्यस्तै, गर्भावस्थामा मदिरापान, धुमपान तथा लागू औषधीको प्रयोग गर्ने आमाबाट जन्मने शिशुमा पनि यसको जोखिम उच्च हुन्छ ।

बच्ने तरीका

जन्मजातै मुटु सम्बन्धि समस्या हुनबाट बच्नका लागि गर्भ धारण गर्ने योजनामा रहेका महिलाहरुले विशेष सावधानी अपनाउनु पर्छ । विशेषगरी, उनीहरुले कुनै किसिमको औषधीको सेवन गरेमा चिकित्सकसित परामर्श गर्नुपर्छ  ।

मधुमेहका विरामीले गर्भ धारण गर्नु पूर्व मधुमेहलाई नियन्त्रित गर्नु पर्छ । रुवेला लगायतका भाइरल संक्रमण हुनबाट जोगिनु पर्छ । परिवारमा कसैलाई यस प्रकारको समस्या छ भने चिकित्सकसित सम्पर्क गर्नुपर्छ । गर्भावस्थामा मदिरापान तथा धुमपान गर्नु हुँदैन ।

उपचार विधि

जन्मजात मुटु सम्बन्धि रोगको उपचार गर्भावस्थामा वा शिशुको जन्म पछि नै गरिन्छ । तर धेरै जसो समस्यामा यस्ता रोगको उपचार शिशु १८ वर्षको भएपछि मात्र गरिन्छ ।

गम्भीर समस्या भएमा भने यस्ता रोगको उपचार जुनसुकै उमेरमा गर्न सकिन्छ । त्यसको लागि सबैभन्दा पहिले शारीरीक परीक्षण गर्नुपर्छ । त्यस्तै, इको, इसिजी तथा छातीको एक्सरेद्धारा पनि या रोगको परीक्षण  गरी उपचार गर्न सकिन्छ ।

यसको उपचार लामो समय लगाएर गरिने हुदाँ विरामीका परिवारले धैर्यधारण गर्न आवश्यक छ । त्यस्तै, नियमित औषधीको सेवन गरेर, हृदयको गतिलाई नियन्त्रित गर्ने पेसमेकरको उपयोग गरेर ,ओपना हार्ट सर्जरी तथा मुटुको प्रत्यारोपण गरेर पनि यस रोगको उपचार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment