Comments Add Comment

ठमेलको चाइनिज रेष्टुरेन्टमा युवती बलात्कृत, ५ पक्राउ

१२ मंसिर, काठमाडौं । काठमाडौं-२७, ठमेलमा रहेको एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्ने अन्यको भने नाम खुलाइएको छैन । क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको रुटाफ रुपमा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् ।
त्यही क्रममा उनी बलात्कृत भएको भन्दै महागनरीय प्रहरी वृत्त, लैनचौरमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment