Comments Add Comment

नव-दुलहीले यसरी बनाउने आकर्षक फिगर

विवाह समारोहमा सबैको नजर दुलहा-दुलहीमा हुन्छन् । त्यो भव्य तामझाममा उनीहरुको उपस्थिती र गेटअप विशेष पनि हुन्छ ।

आगन्तुक तथा निम्तालुहरु दुलहा-दुलहीमा केन्दि्रत हुन्छन् । यस्तो अवस्थामा आफुलाई दुलहा वा दुलहीको गेटअपमा आकर्षक देखियोस् भन्ने चाह हुनु स्वभाविक हो ।

अक्सर दुलहा-दुलही विवाहका समय विशेष तयारी गर्छन्, सावधानी अपनाउँछन् । कतिले हातखुट्टा, कपाल लगायत समग्र सौन्दर्यको ख्याल गर्छन् । कतिले आफ्नो स्वास्थ्यस्थितीको पनि विशेष ध्यान दिन्छन् । विवाह समारोहमा कुनै शारीरिक गडबडी नहोस् भन्नका खातिर ।

यसबेला हेक्का राख्नुपर्ने स्वास्थ्यमा हो, खानपानमा हो, सौन्दर्यमा हो, पहिरन शैलीमा हो । कस्तो लुगा लगाउने ? कसरी लगाउने ? गरगहना कस्तो लगाउने ? इत्यादि कुरामा निकै ध्यान दिनुपर्छ ।

हरेक बेहुली चाहन्छन् सुन्दर देखिन

त्यसैले अहिलेका पुस्ताका बेहुलीहरुमा फेशनेवल पोशाकको क्रेज बढीरहेको छ । विवाहमा सुन्दर र सेक्सी देखिनको लागि उनीहरु धेरै राम्रो पोशाकहरु पहिरिने गर्छन् । यसको लागि उनीहरु फेसन डिजाइनरसँग सल्लाह पनि लिने गर्छन् र उनीहरुको डिजाइन अनुरुपका पहिरन लगाउने गर्छन् ।

विवाहमा उपस्थित सबैको नजर आफूमाथि परोस भन्ने उनीहरुको चाहना हुन्छ । र त्यसको लागि पहिरन र राम्रो चाहन्छन नै आफ्नो फिगर पनि आकर्षक बनाउन चाहन्छन् ।

आफ्नो शरीरको फिगर राम्रो र सुडौल बनाउनको लागि उनीहरु हेल्थ क्लब र जिममा महंगो महंगो प्याकेज लिन पनि तयार हुन्छन् । तर, यसको चक्करमा स्वास्थ्यसँग खेलवाड नहोस् भन्नेमा ध्यान दिनुपर्ने हुन्छ ।

साडी र लेहेंगामा देखिन्छन् आकर्षक

हरेक विवाहको कुरा आउनासाथै युवतीहरुमा विवाहमा पहिरिने पोशाकमा ध्यान जान्छ । हाम्रो नेपाली समाजमा विवाहका हरेक समारोहमा युवतीहरुले लेहेंगा र साडी लगाउने चलन धेरै रहेको छ ।

बेहुलीमात्रै होइन उनीहरुको साथीसँगी र परिवारका अरु महिलाहरु पनि साडी वा लेहेंगा र ब्लाउज लगाउँछन् ।

साडी र लेहेंगा लगाउँदा महिलाको कम्मर र नाभी सेक्सी र सहि आकारको देखिन देखिन जरुरी हुन्छ । त्यसैले नाभीको आकर्षण बढाउनको लागि धेरै युवतीहरुले नेभल रिंग लगाउने र ट्याटु बनाउने पनि गर्छन् ।

आफ्नो विवाहमा युवतीले ट्याटुको प्रयोग नगरे पनि कम्मरको आकारलाई सही राख्न भने जरुर चाहन्छन् । जब कम्मर पातलो र छिनेको हुन्छ त्यतिखेरमात्रै साडीको ग्यामरस लुक देखिन्छ ।

विवाहको दिन बेहुलीहरुले साडी लगाउँछन् । आजभोलीको फेसनमा नेट र पारदर्शी साडीको चलन धेरै छ । जसले महिलाहरुको सुन्दरतलाई अझै बढाउँछ ।

साडीसँगै लेहेंगा पनि बेहुलीको लागि आवश्यक हुन्छ । विशेषगरी बेहुलीले इन्गेजमेन्ट वा रिसेप्सनको समयमा लेहेंगा लगाउने गर्छन् । यस पहिरनमा पनि नाभी र कम्मरको खुल्ला भाग देखिन्छ ।

लेहेंगा र चोलीको बीचमा कम्मर र नाभी देखिन्छ । यसमा पारदर्शी वा नेटको सल लगाइन्छ ।

किन स्लिम बन्न चाहन्छन् युवतीहरु ?

यदि बेहुलीको कम्मरको साइज ठूलो र भद्दा छ भने जतिसुकै महंगो साडी वा लेहेंगा पनि सुन्दर देखिँदैन । यस्तोमा हुनेवाला बेहुलीले आफ्नो मोटोपना कम गरि कम्मरको साइज घटाउने र पेटलाई सपाट देखाउने पुरा प्रयास गर्छन् ।

यसको लागि सही डाइट र एक्सरसाइजको आवश्यकता पर्छ । कसैले पनि सुन्दर शरीर त्यक्तिकै पाँउदैनन् । त्यसको लागि हरेकले फिटनेसको लागि प्रयास गर्नुपर्ने हुन्छ ।

महिलाहरुले नाभी र कम्मर देखाउनु अहिलेको फेसनको हिस्सा भएको छ । फिल्म, टिभी सिरियल र फेसन पहिरनको प्रचारमा यस्ता युवतीलाई मात्रै चान्स दिइन्छ जसको कम्मर पातलो र पेट सपाट हुन्छ । त्यसैले पनि हरेक युवती स्लिम फिगर बनाउन चाहन्छन् ।

फेसन डिजाइनरहरुका अनुसार नाभी र कम्मरले महिलाको सेक्सी लुकलाई बढाँउछ । यसै कारणले साडी सबैभन्दा सेक्सी पोशाक मानिन्छ ।

अहिले विवाहमा फोटोग्राफी, डान्स र भिडियो फिल्म बनाउने माग बढेको छ । विवाहमा कपडा पहिरिँदा फेसनको पुरै ध्यान राखिन्छ । यसैकारण पनि बेहुलीहरु आफ्नो फिगरलाई लिएर सचेत हुन थालेका छन् ।

यसरी देखिनुहोस् सुन्दर र स्लिम

एक स्वस्थ युवतीलाई दिनमा १२०० क्यालोरीको आवश्यकता हुन्छ । रातमा हाम्रो शरीरले केवल २०० क्यालोरी मात्रै उपयोग गर्न सक्छ यस्तोमा राती खाएको खानाको ठूलो हिस्सा फ्याटमा परिवर्तन हुन्छ ।

यसबाट बच्नको लागि रातमा लो क्यालोरी युक्त खाना खानुहोस् । युवतीहरुको हिप, पाखुरा, तिघ्रा र कम्मरमा बोसो जमेको हुन्छ । यसलाई कम गर्ने धेरै तरिका हुन्छन् ।

यसको लागि नियमित व्यायाम धेरै प्रभावकारी हुन्छ । नियमित रुपमा मनतातो पानीमा कागतीको रस मिसाएर पिएमा पनि पेटको बोसो घटाउन सकिन्छ । त्यस्तै गार्डेनिङ र घरको अन्य काम गर्नाले पनि क्यालोरी बर्न हुन्छ र फ्याट कम हुन्छ ।

त्यस्तै यदि तपाईं जिममा व्यायाम गर्ने गर्नुहुन्छ भने ट्रेनरले बताएका तरिकाले गर्नुहोस् । डाइट चार्ट पनि उनीहरुको अनुसार नै लिनुहोस् जसले तपाईंलाई सुन्दर  देखिन सहयोग गर्छ ।

सुन्दरता नै सबैथोक होइन

बेहुलीहरुलाई आफ्नो फिगर राम्रो लाग्दैन त्यसैले उनीहरुलाई विवाह भन्दा पहिले नै आफ्नो फिगरलाई कसरी सही बनाउने भन्ने चिन्ता हुन्छ ।

विवाहित जीवनमा सुन्दरता र फिटनेसको आआफ्नो स्थान हुन्छ । तर, सुन्दरतासँगै तपाईंले आफ्नो व्यवहार र कामले अरु मानिसहरुलाई प्रभावित गर्नुपर्ने हुन्छ ।

सुन्दरता त उमेरसँगै हराउँदै जान्छ तर तपाईंको व्यवहार सहनशीलता र सामन्जस्यता नै सुखद दाम्पत्य जीवनको ग्यारेन्टी हुन्छ । यसैले यदि तपाईंको फिगर सेक्सी र आकर्षक छैन भने चिन्तित हुनुपर्ने आवश्यकता छैन् ।

विवाह पछि जब महिलाहरु आमा बन्छन् उनीहरुको फिगर पहिलेको जस्तो हुँदैन । यस्तोमा उनीहरुको अरु राम्रो गुणले नै जीवनको गाडिलाई राम्रोसँग अगाडि बढाउँछ ।

यसैले अनुहार र फिगरको साथसाथै तपाईंलाई असल बानीब्यहोरा पनि हुनुपर्छ ।  सेक्सी फिगरको चाहनामा भावी बेहुलीहरु यति पछाडि दगुर्न हुँदैन कि जसकारण उनीहरुको स्वास्थ्यमा समस्या देखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment