Comments Add Comment

रजनीकान्तको २.० विवादमा, प्रतिबन्ध लगाउन माग

रजनीकान्त अभिनित महंगो बजेटको बलिउड फिल्म ‘२.०’ विवादमा परेको छ । टेलिकम अपरेटरहरुले उक्त फिल्मको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।

टेलिकम अपरेटरहरुको संगठन सीओएआईले फिल्मको ट्रेलर र प्रमोसनल भिडियोमा आपत्ति जनाउँदै रोक लगाउन माग गरेको हो । फिल्मले मोबाइल फोन कम्पनी र टावरहरुको गलत छवि प्रस्तुत गरेको संगठनको आरोप छ । यो फिल्मको विषयवस्तुलाई ‘महाहानिकारक’ भन्दै सीओएर्आइले सेन्सर बोर्डसँग फिल्मको सर्टिफिकेसन रद्द गर्न अपील गरेको छ ।

सीओएआईका सदस्यहरुमा रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आइडीयाजस्ता प्रख्यात कम्पनीहरु छन् । मोबाइल फोन र टावरहरुबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फिल्ड एमिसन पर्यावरण र मानिस तथा जनावरहरुका लागि खतरनाक हुने संगठनले दावी गरेको छ ।

सीओएआईले भनेको छ, ‘यस्तो गलत जानकारीले मोबाइल फोन र टावरहरुप्रति भ्रम पैदा गर्छ । हामी फिल्मको स्क्रिनिङ रोक्न माग गर्छौं । फिल्म सार्वजनिक हितको विरुद्धमा छ ।’

यो फिल्म भोलि रिलिज हुँदैछ । २०१० मा रिलिज भएको रजनीकान्तको सुपरहिट फिल्म ‘एन्थीरन’ को सिक्वेल हो यो । फिल्म १४ भाषाहरुमा रिलिज हुने बताइएको छ । ४ सय ५० करोडभन्दा बढी बजेट रहेको भनिएको यो फिल्म भारतमा अहिलेसम्म बनेको महंगो फिल्म हो । एस शंकरले फिल्मको निर्देशन गरेका हुन् । यदि सीओएआईको विरोधले ठूलो रुप लियो भने फिल्मको लगानी संकटमा पर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment