Comments Add Comment

नेपालगंजमा बजाज आरई महा टेस्ट ड्राइभ मेला सम्पन्न

१२ मंसिर, नेपालगंज । नेपालका लागि बजाज आरई थ्री हृवीलर (टेम्पु) को आधिकारिक विक्रेता हंसराज हुलास चंदले नेपालमा बजार आरई उपलब्ध गराउँदै आएको छ ।

बजाज आरई को बारेमा जानकारी दिने र बजाज आरई सर्वसाधारणलाई टेस्ट ड्राईभ दिने र मनोरञ्जन दिने उद्देश्यका साथ सडक विभागको चौर, कारकाँदो, नेपालगंजमा ८ मंसिरमा बजाज आरई महा टेस्ट ड्राइभ मेला भएको कम्पनीले जानकारी दिएको छ ।

थ्री हृवीलर बजाज आरई ले नेपालहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्देश्यका साथ नेपालमा बजाज आरई आएको हो ।

वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरी आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरई को मुख्य उद्देश्य भएको कम्पनी बताउँछ ।

यही उद्देश्यलाई लिएर बजाज आरई ले टेस्ट ड्राइभ मेला आयोजना गरेको हो । बजाज आरई मा गरिएको लगानी पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने भन्दै कम्पनीले यसको मुख्य नारा नै एउटा यस्तो लगानी, जसले गर्दछ शुरुको दिनदेखि नै आम्दानी भन्ने तय गरिएको बताएको छ ।

कम्पनीले मनोरञ्जनका साथ बजाजका थ्री हृवीलरको टेस्ट ड्राइभ गर्न सकिने गरी गत शनिबार मेला आयोजना गरेको जनाएको छ ।

त्यसैगरी सांगितिक कार्यक्रम, लक्की ड्र, नृत्य प्रस्तुती, नाटक, फूड स्टलको व्यवस्था गरिएको जनाइएको छ । समारोहका मुख्य आकर्षण प्रसिद्ध गायिका इन्दिरा जोशी, प्रसिद्ध गायक काली प्रसाद बास्कोटा, प्रसिद्ध गायक सूरज थापा र प्रसिद्ध कमेडियन राजा राजेन्द्र पोखरेल जस्ता स्टार कलाकारद्वारा प्रत्यक्ष प्रस्तुती रहेको थियो ।

उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकहरूलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको थियाे । साथै, उक्त कार्यक्रमको प्रवेश निःशुल्क रहेको थियो । बजाज आरई नेपालगंजको आधिकारिक बिक्रेता युनाईटेड मोटर सप्लायर्स प्रा लि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment