Comments Add Comment

दक्षिण एशियाली यु–२१ ब्याडमिन्टनमा नेपाल र भारत फाइनलमा

१२ मंसिर, काठमाडौं । नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा उपाधि नजिक पुगेका छन् ।

बंगलादेशविरुद्ध ३–० को जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो । यसअघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘बी’को विजेता बनेर बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो ।

यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालको सामना गर्ने भएको हो ।

यस्तै नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे ।

महिला तर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउँदै विजयी भए ।

भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।

यस्तै महिला एकलमा भारतकी माल्भिका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment