Comments Add Comment

कार्वन उत्सर्जन बढ्यो, जलवायु परिवर्तनविरुद्धको प्रयास असफल

१३ मंसिर, काठमाडौं । चार वर्षयता पहिलोपटक कार्वनको उत्सर्जन बढेको तथ्यांक सार्वजनिक भएको छ । विवरण प्राप्त भएपछि संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसँग लड्न गरिएका प्रयासहरु ट्रयाक बाहिर गएको बताएको छ ।

राष्ट्रसंघअन्तर्गतको यूएन इन्भारोमेन्टले प्रकाशित गरेको ‘इमिसन ग्याप’ रिपोर्टअनुसार, सन् २०१७ मा कार्वनडाइअक्साइड उत्सर्जनको मात्रा बढ्नुमा आर्थिक वृद्धिदरको मुख्य दोष रहेको छ । जसकारण देशको कार्वन उत्सर्जन घटाउने प्रयासहरु कमजोर भएका छन् ।

रिपोर्टले पेरिस जलवायु सन्धिले लिएको सन् २०३० सम्ममा कार्वन उत्सर्जनको मात्रा घटाइ तापक्रम वृद्धिदरलाई सुरक्षित सीमामा राख्ने लक्ष्य भेट्टाउन गाह्रो हुने विश्लेषण गरेको छ ।

रिपोर्टअनुसार, सन् २०२० सम्म विश्वव्यापीरुपमा उत्सर्जन अझै बढ्ने छ ।

पोल्याण्डमा २ देखि १४ डिसेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सुरु हुनभन्दा केही दिनअघि यस्तो रिपोर्ट आएको हो ।

संयुक्त राष्टसंघको यूएन इन्भारोमेन्टले पछिल्ला ९ वर्षसम्म वर्तमान र भविष्यमा हुने हरितगृह ग्याँस उत्सर्जनको अनुमान गरिएका पछिल्ला वैज्ञानिक अध्ययननहरुको विश्लेषण गरेको थियो ।

यसले पृथ्वीको तापक्रम सुरक्षित सीमामा राख्नको लागि देशहरुले गरेको प्रतिवद्धता र कार्यहरुमा आधारित हरित गृह ग्यास उत्सर्जनको भिन्नताको स्तरलाई प्रकाश पारेको छ ।

यो वर्षको रिपोर्टमा हामी जहाँ हुनुपर्ने हो र जहाँ छौं त्यसमा धेरै भिन्नता रहेको राष्ट्रसंघले जनाएको छ ।

रिपोर्टअनुसार, सन् २०१४ र २०१६ मा विश्वव्यापी रुपमा उद्योग र ऊर्जाको उत्पादनबाट हुने कार्वन उत्सर्जन स्थिर थियो, जतिखेर विश्वव्यापी आर्थिक वृद्धिदर थोरै मात्रै बढेको थियो । तर सन् २०१७ मा जब देशहरुको कुल ग्राहस्थ उत्पादन बढ्यो, उत्सर्जन पनि १.२ प्रतिशतले बढ्यो ।

हुन त यो वृद्धिदरको आँकडा सानो देखिए पनि यसलाई विश्वव्यापी तापक्रम वृद्धिमा १.५ सेल्सियसको सीमामा राख्ने सन्दर्भसँग जोडेर हेर्नु पर्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार लक्ष्यभन्दा तल रहनको लागि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिले भइरहेको भन्दा ५५ प्रतिशतले कम हुनुपर्छ ।


यो भिन्नतासँग लड्नको लागि प्रमुख औद्योगिक देशहरुले कार्वन उत्सर्जन पाँच गुणाले बढाउने लक्ष्य लिनुपर्छ । त्यतिखेर मात्रै १.५ सेल्सियसको लक्ष्य प्राप्त गर्न सकिन्छ ।

रिपोर्टमा कार्वनडाइअक्साइडको उत्सर्जन घटाउन असमर्थ देशबारे पनि उल्लेख छ ।

अर्जेन्टिना, अष्ट्रेलिया, क्यानडा, युरोपियन युनियन (बेलायतसहित), दक्षिण कोरिया, साउदी अरब, दक्षिण अफ्रिका र अमेरिका सन् २०३० सम्ममा आफूले गरेको प्रतिबद्धताअनुसार कार्वन उत्सर्जन घटाउन नसक्ने अवस्थामा गइरहेको रिपोर्टले जनाएको छ ।

ब्राजिल, चीन र जापान भने लक्ष्य अनुसारको कार्वन उत्सर्जन घटाउने बाटोतिर आँउदै छन् । त्यस्तै, अर्का तीन देश भारत, रुस र टर्की भने आफ्नो लक्ष्यभन्दा धेरै कार्वन उत्सर्जन घटाउने अवस्थामा आएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment