Comments Add Comment

ट्विटरमा ‘२.०’को उच्च प्रशंसा

आजबाट विश्वभरका १० हजार बढी हलमा चलचित्र ‘२.०’ रिलिज भएको छ । यो चलचित्र निर्माण गर्न नै ४ बर्ष लागेको थियो । चलचित्रको बजेट ५ सय करोडको हारहारीमा पुगेको छ । यसैले पनि यो चलचित्रले विश्वभरबाट उच्च व्यापार गर्न आवश्यक छ ।

चलचित्र रिलिज भएसँगै यसको बिषयमा सामाजिक संजालमा बहस सुरु भएको छ । शंकरको निर्देशनमा तयार भएको साउथको यो चलचित्रलाई समिक्षकहरुले उच्च प्रशंसा गरेका छन् । बलिउडका चर्चित समिक्षक तरण आर्दशले चलचित्रलाई उत्कृष्ट भनेका छन् । ५ मा ५ रेटिङ दिदै उनले हलिउडले समेत यो चलचित्रको भीएफएक्समा डाहा गर्ने उल्लेख गरेका छन् ।

चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त, बलिउड नायक अक्षय कुमार र नायिका एमी ज्याक्सनको मुख्य भूमिका छ । रजनी नायक र अक्षय खलनायकको भूमिकामा चलचित्रमा देखिएका छन् । चलचित्रको् ट्विटरमा उच्च प्रशंसा भैरहेको छ । चलचित्रको कथावस्तु, भीएफक्सले भारतीय चलचित्रलाई नयाँ तहमा लिएर गएको चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment