Comments Add Comment

फ्यानसँग प्रियंकाः के आयुष्मान तपाइको पहिलो प्रेम हुन् ?

नायिका प्रियंका कार्की र उनका फ्यानहरुको कनेक्शन रोचक छ । फ्यानसँगको यही कनेक्शनको कारण पनि प्रियंका सामाजिक संजालमा चर्चित छिन् । उनै प्रियंकाले समय–समयमा फ्यानसँग कुराकानी गर्ने गरेकी छिन् । इन्स्टाग्राममा प्रियंकाले फ्यानको प्रश्नको रमाइलो र गम्भिर दुबै खालको जवाफ दिएकी छिन् । हामीले यहाँ प्रियंका र फ्यानका सवाल–जवाललाई प्रस्तुत गरेका छौ । जहाँ, कतै प्रियंका गम्भिर, कतै खुशी त कतै प्यारी देखिएकी छिन् ।

१. तपाई यति राम्री किन हुनुहुन्छ ?
यो तपाइको आँखाको कमाल हो ।

२. तपाइको मनपर्ने नेपाली नायक–नायिका ?
यो त लामो सूची बन्छ ।

३. तपाइको लिपिष्टिक विग्रिएको रहेछ, मिलाउनुहोस् है त ?
लु जा त मैले मेटाइदिए ।

४. तपाई कसरी नकारात्मक कुराको सामना गर्नुहुन्छ ?
हामी कसैको कथामा खराब छौ । यसैले, यस्तो कुराले मलाई चिन्तित बनाउँदैन । किनकी, मानिसहरु तपाइको राम्रो कुरा ध्यान दिदैनन्, मात्र तपाइको कमजोरीमा केन्द्रित हुन्छन् ।

५. तपाई यति धेरै पर्फेक्ट हुनुहुन्छ ? किन कोही मानिस यति धेरै पर्फेक्ट हुन सक्छ ?
तपाइको प्रतिस्पर्धा अरु मानिस होइनन् । तपाइको प्रतिस्पर्धी तपाइको हिच्किचाहट, इगो नै हो । तपाइको नकारात्मक सोचले नै तपाइलाई तपाइसँग नै प्रतिस्पर्धा गर्न दिदैन ।

६. तपाई आयुष्मानलाई कती प्रेम गर्नुहुन्छ ?
यहाँ २ प्रकारका प्रेम हुन्छ । एउटा प्रेममा मानिसले मार्न खोज्छ भने अर्कोमा मर्न । तर, म प्रेमका लागि बाँच्छु ।’ म आयुष्मानलाई यस प्रकारको प्रेम गर्छु ।

७. होलिडे मनाउनका लागि तपाई कुन स्थान रोज्नुहुन्छ ?
ग्रिस

८. तपाइले आयुष दाइसँग प्रेम छ भनेर थाहा पाएको कुनै क्षण छ ?
तपाइलाई थाहा छ, तपाइको शरीरको सबै अंगमा मुटु हुन्छ । ती सबै मुटुहरु त्यो व्यक्तिका लागि एकसाथ चल्न थाल्दछन्, जसले तपाइको कामलाई माथि तल चलाइदिन सक्छ ।

९. तपाई सबैभन्दा बढी प्रेम कसलाई गर्नुहुन्छ ?
मेरो परिवारलाई ।

१०. अनी के दिदी बिहे कहिले गर्ने ?
जुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment