Comments Add Comment

बलात्कार गर्नेलाई ८ वर्ष कैद, पीडितलाई ३० हजार क्षतिपूर्ति

१३ मंसिर, गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

श्रीमती हत्या गर्ने जेल चलान

गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका ३२ बर्षीय दुर्गाबहादुर नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । उनले गत कात्तिक १५ गते राति पत्नी ३१ बर्षीया सीता नेपालीको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment