Comments Add Comment

फिफा वरियतामा नेपाल एक स्थान तल

१३ मंसिर, काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान तल झर्दै १६२औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल एक स्थान खस्किएको हो । यसअघि नेपाल १६१ औं स्थानमा थियो ।

दक्षिण एसियामा सबैभन्दा माथि भारत रहेको छ । भारत विश्व वरियतामा ९७ औं स्थानमा छ । त्यस्तै, माल्दिभ्स १५२ औं स्थानमा रहंदा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको हो ।

दक्षिण एसियाली राष्ट्र भुटान १८६औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं स्थानमा रहंदा श्रीलंका भने २०१ औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम यथावत रहेको छ । त्यस्तै, दोस्रो स्थानमा विश्वविजेता फ्रान्स, तेस्रो स्थानमा ब्राजिल, चौथो स्थानमा क्रोएसिया, पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

त्यस्तै, पोर्चुगलले भने एक स्थान सुधार गर्दै छैटौ स्थानमा उक्लिएको छ । सातौंमा उरुग्वे, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र दशैं स्थानमा भने डेनमार्क रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment