Comments Add Comment

साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

१३ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल विराटनगरमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यकाबाहिर आयोजना गर्न लागेको हो । यही फागुन २८ देखि चैत्र ८ गतेसम्म विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिप आयोजना हुने एन्फाले जानकारी दिएको हो ।

यो पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप हो । यसअघि श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले आयोजना गर्नेबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो । त्यसपछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय मंसिर पहिलो साता गरेको थियो ।

समूह ‘ए’ मा नेपालसँगै नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । त्यस्तै, समूह ‘ब’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालको उपाधि जित्ने लक्ष्य रहेको छ । त्यही अनुसारको अभ्यास पनि लामो समयदेखि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment