Comments Add Comment

प्रदेश ५ को प्रदेश प्रहरी कार्यालय पेपरलेस बन्दै

१३ मंसिर, बुटवल । प्रदेश ५ को प्रदेश प्रहरी कार्यालय अब छिट्टै पेपर लेस प्रणालीमा जाने भएको छ ।

प्रदेश प्रहरी कार्यालयले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले प्रदेश प्रहरी कार्यालय अब छिट्टै पेपर लेस प्रणालीमा जाने बताएका हुन् ।

प्रदेश मातहत नेपालगञ्जमा अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रयोगशाला सञ्चालनमा आएपछि अपराध अनुसन्धानमा महत्वपूर्ण उपलब्धी हासील हुने उनले बिश्वास व्यक्त गरे ।

उनले ठुला, जघन्य र संगठित अपराधका घटनामा प्रदेश तहबाट निगरानी र बिशेष टोली परिचालन गरी अनुसन्धान गर्नुका साथै प्रदेश भरिको प्रहरी परिचालन र केन्द्रसँगको समन्वय नेटवर्किङ्गका आधारमा गर्ने प्रदेश प्रहरी कार्यालयको योजना रहेको जानकारी गराए ।

सडक दुर्घटना न्युनिकरण,लागूऔषध नियन्त्रण,लैङ्गकि हिंसा सम्बन्धित अपराध प्रदेश भित्रको मुख्य समस्या रहेको बताउँदै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयले बिशेष कार्ययोजना बनाई काम गर्ने उल्लेख गरे ।

चेक प्वाइन्टहरुमा हुने चेकजाचलाई पारदर्शी बनाई चेकजाचमा कडाई गर्ने बताउदै प्रदेश प्रहरी प्रमुख अधिकारीले तराईमा १० मिनेट र पहाडमा ३० मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने ब्यवस्था मिलाइएको जानकारी दिए ।

संगठित अपराध गुण्डागर्दी, अबैध हातहतियारको प्रयोग तस्करी र प्राकृतिक स्रोत साधनको दोहन जस्ता कार्यलाई नियन्त्रण गर्न प्रहरी आक्रामकरुपमा प्रस्तुत हुने पनि उनले बताए ।

प्रहरी परिचालन क्षमता अभिवृद्धि गर्दै प्रदेश प्रहरीले प्रहरीको आन्तरिक शुद्धिकरण र प्रहरी सेवा प्रवाहको गुणस्तरीयता कायम गर्न प्रभावकारी प्रणाली स्थापित गरेर गोप्य अनुगमन गरिने जानकारी पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment