Comments Add Comment

नेपाली सेनाका १८७ जनामाथि कोटमार्शल, १७३ जना कारबाहीमा

१३ मंसिर, काठमाडौं । नेपाली सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्नामा अनियमितता गरेको आरोपमा १७३ जनालाई कारबाहीको फैसला गरेको छ । जसमा १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयलाई बढुवा रोक्का र सचेत गराउने कारबाही गरिएको छ ।

गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिकृतसहित १८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर गर्दै समरी सैनिक अदालतसमक्षय सिफारिस गरेको थियो । त्यसमध्ये ४ अधिकृतसहित १४ जनाले सफाइ पाएका छन् ।

गत कात्तिक ६ गते उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २३ अधिकृतसहित १७३ जनालाई दोषी ठहर्‍याइएको छ, जसमा १० जनाबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने फैसला गरिएको छ ।

२ जनालाई ६ वर्ष कैद र भविष्यमा सरकरी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । २ अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ । १०१ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त, ३७ जनाको ३ वर्ष बढुवा रोक्का र १७ जनालाई पद अनुकुल आचरण नगरेको भन्दै सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment