Comments Add Comment

प्रदेश ५ मा पर्यटन बोर्ड बनाउने तयारी

१३ मंसिर, बुटवल । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशको पर्यटन बोर्ड बनाउने तयारी गरेको बताएका छन् । ‘मन्त्रालयले पर्यटन ऐन ड्राफ्टीङ गरिरहेको छ,तर अहिले दक्षजनशक्ति अभाबले केही समस्या भैरहेको छ,’ उनले भने ।

नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) प्रदेश ५ ले मन्त्रालयमा पुगेर गरेको छलफल कार्यक्रममा बोल्दै उनले पर्यटन बोर्ड बनाउने तयारी पनि भैरहकाले इकाइ बनाउँदा पर्यटन पत्रकारको पनि सहभागिता रहने प्रतिबद्धता जनाए ।

प्रदेशमा पर्यटनको प्रचुर सम्भाबना रहेको र यसलार्इ उपयोगी बनाउन पर्यटन पत्रकारले पनि सहयोग पु¥याउन मन्त्री गिरीको आग्रह छ ।

नेफ्टोजले गर्न लागेको ‘प्रादेशिक पर्यटन सर्किट’ बिषय र पर्यटनको विकास,प्रबर्द्धनमा मन्त्रालयसँग सहकार्य आफुहरु आतुर रहेको लागि महासंघका प्रदेश अध्यक्ष भुवन कार्कीले बताए ।

पर्यटन प्रबर्द्धन गरी पर्यटक आकर्षित गर्ने र बसार्इ लम्बाउने प्रयासका लागि आफूहरु लागिरहेको महासंघका महासचिब कपिल ज्ञवालीले बताए ।

कार्यक्रममा प्रदेश कमिटी र रुपन्देही शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment