Comments Add Comment

आर्सनलको शानदार जित

१४ मंसिर, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा युक्रेनको भोर्सक्ला पोल्टभालाई पराजित गरेको छ ।

बिहीबार राति उसैको घरेलु मैदानमा पोल्टभालाई आर्सनलले ३–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा इम्ली स्मिथ, आरोन रामसे र जोसेफ विलोक गोल गरे ।

आर्सनलले तीनै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा पोल्टभाले आर्सनललाई रोक्न सकेपनि गोल गर्न भने सकेन । स्मिथले खेलको ११ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको २७औं मिनेटमा रामसेले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई दोब्बर अग्रतामा पु¥याएका थिए । एकपछि अर्को दबाब बनाएको आर्सनलका लागि खेलको ४१औं मिनेटमा जोसेफले गोल गर्दै पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै फराकिलो अन्तरले अघि रहेको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

समूह इ रहेको आर्सनलले पाँच खेलबाट १३ अंक बनाउँदा पोल्टभाको तीन अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment