Comments Add Comment

पुटिन र ट्रम्पको भेटवार्ता अन्तिममा आएर रद्द

१४ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ता रद्द भएको छ ।

आजबाट अर्जेन्टिनामा सुरु हुने जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा पुटिन र ट्रम्पबीच भेट गर्ने तय भएको थियो । भेटमा युक्रेनसँगको पछिल्लो तनावबारे दुई राष्ट्रका प्रमुखबीच छलफल हुने बताइएको थियो ।

तर, युक्रेनको पानीजहाज नियन्त्रणमा लिएको भन्दै ट्रम्पले पुटिनसँगको वार्ता अन्तिममा आएर रद्द गराएका छन् ।

रुसले गत आइतबार आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै युक्रेनको पानीजहाजमाथि हमला गर्दै नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment