Comments Add Comment

एसिया प्यासिफिक समिटः समोआ आइल्यान्डका राजारानीदेखि देवगौडासम्म आउँदै

१४ मंसिर, काठमाडौं । एसिया प्यासिफिक समिटमा  सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ । शुक्रबारबाट सुरु हुने कार्यक्रमको निम्ता पाएकाहरु आइनसकेकाले आज पनि विभिन्न देशबाट अतिथिहरु आउने आयोजकले जनाएको छ ।

क्रिस्चियन धर्मप्रचारक युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको कार्यक्रममा सहभागिताका लागि समोआ आइल्यान्डका राजारानी शुक्रबार काठमाडौं उत्रँदै छन् । उनीहरु काठमाडौं आइपुग्ने समयबारे भने केही बताइएको छैन ।

त्यसैगरी, मार्सल आइल्यान्डका राष्ट्रपति र पालाओ आइल्यान्डका राष्ट्र प्रमुख पनि आजै काठमाडौं ओर्लंदै छन् ।

भारत र पाकिस्तानका दुई पूर्वप्रधानमन्त्रीले पनि कार्यक्रमको निम्तो पाएका छन् । भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा र पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीलाई  आयोजकले निम्त्याएका हुन् । आयोजकका अनुसार, निम्तो मान्न दुवै देशका पूर्वप्रधानमन्त्री आजै काठमाडौं आउने छन् ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । त्यसमध्ये म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार नै काठमाडौं आइसकेका छन् ।

आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment