Comments Add Comment

ईपीएलका लागि चितवनको खेलाडी कोटा पूरा, इंग्ल्यान्डका जर्ज स्कट अनुबन्धित

१४, मंसिर, चितवन । मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि चितवन टाइगर्सले इंग्ल्यान्डका अलराउण्डर जर्ज स्कटलाई अनुबन्धित गरेको छ ।

इंग्ल्यान्डमा मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलिरहेका २३ वर्षीय स्कटलाई चितवन टाइगर्सले अन्तिम विदेशी खेलाडीको रुपमा आफ्नो टिममा भित्र्याएको हो । उनी दायाँ हाते व्याट्सम्यान र दायाँ हाते तीब्र गतिका बलर हुन् । जर्ज स्कटसँग पाँच वटा फर्स्ट क्लास, दुई लिस्ट ‘ए’ र १५ टी–ट्वान्टी क्रिकेट खेलेको अनुभव छ ।

अन्तिम विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्धन गरिएसँगै आफ्नो टिम मजबुत र सन्तुलित भएको चितवनका मालिक किशोर भट्टराईले बताएका छन् । युवा खेलाडीहरुले भरिएको चितवनले यस पटकको ईपीएलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।

चितवनले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा आयरल्यान्डका अलराउण्डर पाउल स्टर्लिङ र इंग्ल्याडका अलराउण्डर जोहन सिम्पसनलाई आबद्ध गरिसकेको छ ।
टिममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसँगै पृथु बास्कोटा, दिलीप नाथ, सन्दीप सुनार, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आदिल खान, इसान पाण्डे र सागर ढकाल रहेका छन् ।

मंसिर २२ देखि पुष ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ६ टिमको सहभागिता रहेको छ ।

ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको टिम चितवनले ट्यालेन्ट हन्टबाट पाँच जना खेलाडी छनोट गरेको छ ।

यसरी छनोट हुने खेलाडीमा आकाश थापा, गौतम केसी, अभिनास बस्याल, प्रशान्त महत र संघर्ष पौडेल रहेका छन् । छनौट भएका पाँचै जना खेलाडीलाई क्लोज क्याम्पमा राखी अन्तिम नाम प्रकाशन गरिने चितवनले बताएको छ ।

नारायणगढस्थित क्याम्पा चौरमा बुधबार चितवन क्रिकेट संघको सहकार्यमा भएको ट्यालेण्ट हण्टमा ४६ जना युवा खेलाडीको सहभागिता रहेको थियो । ट्यालेण्ट हण्टमा जिल्लाका विभिन्न ठाउँबाट १३ वर्षदेखि माथिका खेलाडीलाई सहभागिता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment