Comments Add Comment

उमेरले बिस कटेसी कसरी आफ्नो ‘ग्ल्यामर’ बुस्ट गर्ने ?

उमेरले बिस कटेसी कसरी आफ्नो ‘ग्ल्यामर’ बुस्ट गर्ने ?

जीवनको स्वणिर्म उमेर कुन हो ?

टिनएज । अर्थात किशोरवय । शरीर विज्ञानले १३ बर्ष पार गरिसकेपछि टिनएजको संकेत देखाउँछ । यो जीवनको यस्तो चरण हो, जहाँ कौतुहलता, रोमाञ्चकता, काल्पनिकता जस्ता अनेक भावनात्मक तरंग पैदा हुन्छ ।

किशोरावस्था अर्थात टिनएज १९ बर्षसम्म रहन्छ । जब उमेर २० काट्छ, किशोरवयले बिट मार्छ । २० बर्षपछिको उमेर फरक हुन्छ । शारीरिक परिपक्कता आउँछ । सोंच, चिन्तन फेरिन्छ । र, फेरिन्छ स्टाइल पनि ।

टिनएजिङपछि खानपान, फेसनदेखि शरीरमा समेत परिवर्तन ल्याउनुपर्ने हुन्छ । किनभने जुन कुरा टिनएजमा सोचिन्छ, गरिन्छ, त्यो उमेर बढ्दै गएपछि अमिल्दो लाग्न थाल्छ । के तपाई टिनएजमा जस्तो पहिरन लगाएर हिँड्नुहुन्छ ? के तपाई टिनएजकै जस्तो रहनसहनमा बस्नुहुन्छ ? के तपाई टिनएजमै जस्तो उथलपुथल आत्मसात गर्नुहुन्छ ?

पक्कै हुँदैन । किनभने यतिबेला तपाई जीवनको फरक मनोभावबाट गुजि्रनुहुन्छ । विगतका सोंच र शैली तपाईलाई अपरिपक्क लाग्न थाल्छ । केही जिम्मेवारी वा दायित्व बोध गर्न थाल्नुहुन्छ । पढाई, करियर, गृहस्थीको योजनाले मनमा चक्कर लगाउन थाल्छ ।

हो, यही चरणमा पुगेपछि आफुलाई बदल्नुपर्छ । मानसिक हिसाबले मात्र होइन, शारीरिक हिसाबले पनि । तर, आफ्नो ग्ल्यामर छवीलाई भने यस चरणमा पनि फिका हुन दिनुहुँदैन । किनभने स्मार्ट जो देखिनुछ ।

युवापीढींमा आकर्षक, स्मार्ट देखिने क्रेज बढ्दैछ । त्यही कारण त कलेज धाउनेदेखि कुनै कम्पनीमा काम थालेका तन्नेरीसम्मले आफ्नो व्यक्तित्व निखार्न अनेक यत्न गरिरहेका छन् । यसका लागि हेल्थ क्लव धाइरहेका छन्, स्वस्थ्यवर्द्धक खानपान रोजिरहेका छन्, नियमित ग्रीन टि वा जुस सेवन गरिरहेका छन् । फिटनेसदेखि फेसनसम्म उनीहरुमा जागरुकता छ ।

अहिलेका तन्नेरीलाई थाहै छ, आकर्षक एवं ग्ल्यामर लुक्सका लागि केवल लुगाले ढाकछोप गरेर मात्र पुग्दैन । यसका लागि भित्रैबाट उर्जा जगाउनुपर्छ । भित्रैबाट आभा प्रकट हुनुपर्छ । अतः यो कसरी संभव छ त ?

यसका लागि स्वस्थ्य खानपान, समुचित व्यायाम, सही मेकअप र सुहाउँदो गेटअप आवश्यक हुन्छ ।

ग्ल्यामरस देखिनका लागि सबैभन्दा पहिलो सर्त हो, राम्रो स्वास्थ्य । सन्तुलित खानपानबाट स्वास्थ्य राम्रो राख्न सकिन्छ । बिहान नास्तामा बढीभन्दा बढी पौष्टिक तत्व सामेल गर्नुपर्छ । दिउँसकोको खाना हल्का र साँझको खाना एकदमै हल्का हुनुपर्छ ।

दिनभरमा पर्याप्त पानी पिउनुपर्छ । यसले पाचन यन्त्रलाई सही राख्छ । पाचन यन्त्र खराब भयो भने त्यसको असर अनुहारमा देखिन्छ । अनुहार चाहुरिन्छ, दागधब्बा देखिन्छ, चायापोतो आउँछ । यदी पाचन यन्त्र बलियो र चुस्त भएमा अनुहार चम्किलो हुन्छ ।

पर्याप्त झोल पदार्थ, जुस वा पानी सेवन गर्दा त्यसले छालामा चमक आउँछ ।

राइट डाइट बेस्ट फिगर

पोषणविद भन्छन्, ‘खासगरी शहरिय युवायुवतीको जीवनशैली अस्तव्यस्त र धपेडीवीच गुज्रनेगर्छ । त्यही कारण उनीहरु तयारी खानेकुरामा जोड दिन्छन् । फास्टफूड जीवनशैलीसँगै फास्टफूड खानपानमा लगाव राख्छन् । जबकी यस्तो खानपानमा पोषक तत्वको अभाव हुन्छ । पेट भरिन्छ, शरीरमा पोषक तत्व पुग्दैन । नतिजा, रोग लाग्छ । कमजोर हुन्छ ।’

त्यसैले उनीहरुले खानपानमा बढी ध्यान दिनुपर्छ । घरमै पकाएको सुपाच्य र सन्तुलित भोजन गर्नुपर्छ । ताजा र मौसमी खानेकुरामा जोड दिनुपर्छ ।

सुन्तला, गाजर, कांक्रा, हरियो सब्जी, अंकुराएको अन्न, दुध, घिउ, ड्राइ फ्रुट्स आदि सेवन गर्नुपर्छ । दालमा केही किसिमको प्रोटिन पाइन्छ । पनिर, दुध र अन्डाको सेता भागमा क्याल्सियम मिल्छ । कालो चना, पालक, मटन, माछा, चुकन्दरमा आइरन पाइन्छ । चामल, आलुमा कार्बोहाइड्रेट पाइन्छ ।

‘शाकाहारी भोजन गर्नेहरुले विशेष ध्यान दिन जरुरी छ । उनीहरुले कालो चना, पालक अनिवार्य रुपमा खानुपर्छ’ पोषणविद् यसै भनछन् ।

व्यायामले शारीर लचिलो र आकर्षक

युवाअवस्था जोश, जाँगरले भरिएको उमेर हो । यतिबेला शरीरमा फूर्ति हुनुपर्छ । उर्जा हुनुपर्छ । बुढ्यौलीले छोप्दै गएको जस्तो कक्रिएको हुनुहुँदैन । शरीर लचिलो हुनुपर्छ । फूर्तिलो हुनुपर्छ । यसका लागि व्यायाम सर्वोत्तम विकल्प हो ।

यो उमेरमा व्यायाम गर्नुको फाइदा के भने, यतिबेला खासै शारीरिक समस्या हुँदैन । कुनै दीर्घ रोगले छोपिसकेको हुँदैन । यो अवस्थामा निर्धक्क व्यायाम गर्न सकिन्छ । जस्तो पनि योगासनको अभ्यास गर्न सकिन्छ ।

२० उमेर पार गरिसकेपछि आफ्नो शरीरलाई उस्तै सुडौल राख्नका लागि व्यायाम गर्नैपर्छ । व्यायाम गर्न जाँगर नभएमा पेट बढ्न थाल्छ । जब पुट्ट पेट निस्कन्छ, न लुगा सुहाउँछ, न ज्यान छरितो देखिन्छ ।

मर्निङ वाक उत्कृष्ट व्यायाम मानिन्छ । यसका साथै जगिङमा पनि ध्यान दिनुपर्छ । बिहान चाडै उठ्ने र मर्निङ वाकमा निस्कने बानी गर्नुपर्छ । बिहानको ताजा हावाले फोक्सोको तमाम रोग हटाइदिन्छ ।

२० बर्ष पार गरिसकेपछि खानपान, व्यायामका साथसाथै सरसफाईमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । शरीरमा पसिनाको गन्ध हुनुहुन्दैन । हेर्दा सुकिलो देखिनुपर्छ । आकर्षक देखिनुपर्छ ।

यससँगै आफ्नो शरीर सुहाउँदो पहिरन छनौट गर्न सक्नुपर्छ । अरुले कस्तो लगाएको छ भन्ने कुराले भन्दा पनि आफुलाई कस्तो सुहाउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

फेसन बजार सम्बन्धमा पनि अपडेट रहनुपर्छ । बजारमा कस्तो ट्रेन्ड छ भन्ने कुरामा चासो राख्नुपर्छ । पहिरनबाट पनि आफुलाई आकर्षक देखाउन सकिन्छ । जब शरीर स्वास्थ्य हुन्छ, तन्दुरुस्त हुन्छ, सोही अनुरुप गरिने छरितो, फेसनेवल गेटअपले आफ्नो व्यक्तित्व बढाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment