Comments Add Comment

‘सम्हालिन्छ कहिले मनमा’ सोनम नायक र गायक

नेपाली चलचित्र क्षेत्रमा नयाँ नायकको उदय हुँदैछ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट भारतीय मुलका तिब्बतियन गायक सोनम तोप्देनको उदय हुँदैछ । यो चलचित्रमा उनी नायिका पूजा शर्मासँग रोमान्स गर्दैछन् । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रका लागि सोनम उत्साहित छन् ।

चलचित्रमा काम गर्नका लागि सोनम अहिले नेपालमा छन् । उनीसँग यसको निर्माणपक्षले बिहिबार मात्र संझौता गरेको थियो । तर, यो चलचित्रमा सोनमले अभिनय मात्र गर्ने छैनन् । यो चलचित्रका लागि सोनमले आवाज समेत दिएका छन् । नेपाली चलचित्रको पाश्र्व गायनमा यो सोनमको पहिलो गायन हो ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘मेरो मन मुटु भरी’ बोलको गीतमा सोनमले आवाज भरेका छन् । संगीतकार अर्जुन पोखरेलको संगीत, डाक्टर कृष्णहरि बरालको शब्दमा समावेश यो गीतमा सोनमसँगै गायिका दीपा लामाले स्वर दिएकी छिन् ।

सोनमले आवाज भरेपछि संगीतकार पोखरेलले भने–‘मलाई यो गीत केही समयका लागि मात्र हिट हुन्छ भन्ने लाग्दैन । नेपाली चलचित्रको कालजयी गीतको रुपमा यो गीत बन्छ भन्ने लाग्छ ।’ सोनम नेपाली चलचित्रमा नायकको रुपमा मात्र नभई पाश्र्व गायनमा पनि उदाउने विश्वास चलचित्रका निर्देशक सुदर्शन थापाले गरे । गायक तथा नायक थोप्देनले भने दर्शकको माया पाउनेमा विश्वास व्यक्त गरेका छन् ।

यो चलचित्रमा अमित बस्नेतको लगानी रहनेछ भने अजितकुमार थापा र परि राना यो चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा अर्जुन पोखरेल, सुगम पोखरेल, ताराप्रकाश लिम्बुको संगीत छ । महेश दवाडीको लेखन रहेको चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ ।

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको जोडीले चलचित्र क्षेत्रमा केही स्टार जन्माएका छन् । प्रदिप खड्का, पल शाह, आकाश श्रेष्ठ चलचित्र क्षेत्रमा स्थापित भैसकेका छन् । अब, विश्व बजारमा आफ्नो गायकीले चर्चा कमाइसकेका सोनमले नायक र गायकको रुपमा ‘सम्हालिन्छ कहिले मन’बाट आफ्नो भाग्य परिक्षा गर्दैछन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment