Comments Add Comment

कथाः डाक्टरको प्रयोग

सहरको निजी क्लिनिक । एकजना मध्यम वर्गीय बुबा छोरा डोहोर्‍याएर चिन्तित अवस्थामा डाक्टरको नाम प्लेट हेरिरहेको थियो ।

‘डाक्टर साब, मेरो छोराले खानै मान्दैन, खायो कि वाक्क गर्छ । चाँंडै थाक्छ । खेल्दा पनि खेल्दैन । के भएको होला भनेर… ।’

डाक्टरको अघि सुस्केरा हाल्दै बुध्दवीर थचक्क मेचमा बस्यो । उसको एक्लो छोरा महिना दिनदेखि बिरामी थियो । सन्चो नभएको भनेर त्यसो त, बच्चो ओछ्यानमै थलापरेको थिएन, तर अरु बच्चाहरुले जस्तो चुलबुल गर्न भने छाडेको थियो । अघिपछि, खरायोझैं घरभरि उफ्रेकोउफ्रयै गथ्र्यो । सन्चो नभएपछि भने छोरो घरमा भएको नभएको पत्तै हुन छोड्यो । ऊ निन्याउरो मुख लाउँदै स्कूल गएर र्फकन्ंथ्यो, जसोतसो होमवर्क सकेर पल्टिरहन्थ्यो । केही सोधे मन लगाएर जवाफ फर्काउंँदैनथ्यो । छोराको चाला देखेर घरमा सबै आत्तिए । बुध्दवीर त अझ बढी आत्तियो । नआत्तियोस् पनि किन । एक्लो छोरा, त्यो पनि उमेर ढल्केपछि पाएको । यो भन्दाअघि दुईटी छोरी उसका । जेठीको त बिहे गर्ने उमेर पनि हुन थालिसक्यो ।

छोरामा आएको अस्वाभाविक परिवर्तन देख्दा शुरुशुरुमा घरमा सबैले उसलाई ‘केही लागेको’ आशंंका गरेे । त्यसैले धामीझांँक्री र जान्नेकहाँं देखाउंँदै, पूजा र भाकलमै लागिरहृयो ऊ । रोग, बीसको उन्नाइस पनि नभएपछि भने श्रीमतीको अनुरोधमा ऊ छोरालाई लिएर काठमाण्डौ आयो । होटेलमा कति दिन सक्नु र बस्नु ? उसमाथि महंँगी चुलिएको काठमाण्डौमा केही सयले पुग्ने होइन । अरु त अरु, पिउने पानी समेत किन्नु पर्ने ठाउँ ।

बुध्दवीरलाई काठमाण्डौ देख्दैमा दिक्क लाग्यो । बाध्यता परेपछि के गरोस् उसले ? आफ्नै गाउँका एकजना परिचित काठमाण्डौमा बस्थे । त्यसैले हुनसम्मको अप्ठ्यारो मान्दै पनि उसैकहाँ बस्यो । अलि बढ्तै स्वाभिमानी भएपछि पनि व्यवहार चलाउन असजिलो हुने कुरा उसले महसुस गर्‍यो । ‘यस्तै बेलाको लागि त हो आफनो भन्नु, आखिर धेरै दिन बस्ने पनि हैन’, यही सोचेर उसले आफूलाई सहज बनाउन खोज्यो ।

उसको काम भनेकै बिहानदेखि अस्पतालको चक्कर लगाउने हुन थाल्यो । टिकटको लागि लाइन, बिरामीका भीड, औषधिका गन्ध, ठाउँठाउंँमा कुर्नुपर्ने बाध्यता अनि सोधपुछमा एउटा झ्यालबाट अर्को झ्याल पुग्नु पर्ने तनावले गर्दा छोरालाई अस्पताल लाँदालाँदै ऊ आफैलाई बिरामी परुंँला जस्तो भैसक्यो । हप्तादिन अघि छोरालाई जचाउंँन ल्याउँदा भेटिएका एकजना बिरामीकुरुवाले कुनै निजी क्लिनिकमा देखाए हुने सल्लाह दिए उसलाई । हुन पनि, भीडभाडमा कोचिनु नपर्ने र राम्ररी जाँच्लान् भन्ने आशामा उसले छोरालाई क्लिनिकमा जँचाउनु ठीकै ठान्योे ।

व्यस्त सडकको छेऊमा रहेको ल्किनिकमा अलिबेर कुरेपछि, उसको पालो आयो । नाम बोलाइएपछि छोरालाई बोकेर ऊ कोठाभित्र पसेको थियो । सेतो कोट लगाएका तन्नेरी मेचमा बसेका थिए । उसले नपत्याउँदै नमस्कार गर्‍यो ।

“भन्नुस् के भयो ?” उनले नमस्कार फर्काउँदै सोधेे ।

“हजुर, छोरालाई सन्चो भएन ।”

भर्खरका डाक्टरले उसको छोराको नाक, कान, घांँटी जांँची स्टेथेस्कोप लाएर छाती र ढाड पनि जांँचे ।

‘टन्सील बढे जस्तो छ । एक हप्ताको लागि औषधि लेखिदिएको छु । भएन भने आउनुहोला ।’

हप्ता दिन औषधि खुवाउंँदा पनि छोरामा केही सुधार देखेन बुध्दवीरले । ऊ फेरि डाक्टरकहाँ पुग्यो ।

‘ए, ल भैहाल्यो, त्यसो भए त्यो औषधि नखुवाउनुस् । यो अर्को औषधि लेखिदिएको छु, सांँझबिहानै खुवाउनु होला ।’ छोरालाई जाँच्दै डाक्टरले नयांँ प्रेश्त्रिmप्शन लेखिदिए । यसपालि पनि औषधिले खासै असर गरेन ।

‘डाक्टर साब, खै यो औषधिले छुंँदै छोएन छोरालाई । अब त छाती पनि पोल्यो भन्नथाल्यो ।’ अर्कोपटक यसरी भन्दा बुध्दवीरको आफनै छाती पोलिरहृयो ।

‘यसो गर्नुस्, म अर्को एउटा औषधि थपिदिन्छु । पहिलेको पनि खुवाइ नै राख्नुस् । त्यसले ठीक हुनु पर्ने हो । कस्तो हुन्छ हेरौं । एक हप्तापछि आउनुहोला ।’

थपिएको त्यो औषधि खान थालेदेखि छोराको जिउभरि बिबिरा निस्किए । जहिँतहिँ चिलाउने र डाहा हुनथाल्यो । दुईतीन दिन त छोराको छट्पटाइ उसले आंँखा चिम्लेर सहृयो । औषधिले बिसेक गरिहाल्ला भनेर चित्त बुझाउन खोज्यो । अति भएपछि छोरालाई फेरि क्लिनिक दौडायो ।

“औषधिको साइड इफेक्ट हो, आत्तिनु पर्दैन । त्यस्तो हो भने त्यसलाई बन्द गर्नुस् । म अर्को औषधि लेखिदिन्छु, सायद त्यसले ठीक गर्छ ।”

त्यही रातदेखि बुध्दवीरले छोराको खटिरामा डाक्टरले लेखिदिएका मलम पनि लाइदिन थाल्यो । नयांँ औषधिले यसपालि त बिसेक गर्ला भन्ने आशा जाग्यो उसलाई । मलमले छोराको जिउमा आएका दानाहरु त सुके । सायद औषधि कडा थियो, शरीरमा भने कालो दाग बस्न थाल्यो । दुईचारदिन भन्दाभन्दै घरबाट आएको हप्तौँ बितेछ । गोजी रित्तिँदै गएकोमा चिन्तित बन्यो बुध्दवीर ।

आफन्तहरुले मुख फोरी केही नभने पनि त्यसरी बस्नु परेकोमा ऊ आफैलाई भने अप्ठ्यारो लागिसकेको थियो । बिरामी छोरा अझै पनि मुखमा गाँस राख्न मान्दैनथ्यो । नखाएकोले दिनपरदिन दुब्लाउँदै गैरहेको छोरालाई हेर्दै अनिँदो, अरुचि र पीरले बुध्दवीर आफै पनि गल्दै थियो । औषधिमाथि औषधि, पैसा पानीझैँ बगिसक्यो । न रोगै पत्ता लाग्यो, न छोरालाई सन्चो भयो । विरक्तिएर उभिएको बुध्दवीरतिर हेर्दै डाक्टरले भने, “केही टेष्टहरु गर्नुपर्ला । मैले लेखिदिएको यो डायग्नोसिस सेन्टरमा गएर टेष्टहरु गराउनुस् । रिपोर्ट हेरेपछि अरु औषधिहरु लेखिदिउँंला ।”

ब्लड टेष्ट, युरिन टेष्ट, स्टुल टेष्ट र भिडियो एक्सरेहरुपछि औषधिको थुप्रो बोकेर बुध्दवीर छोरासंँग फर्कियो । छोरालाई के भएको, रिपोर्ट हेरेपछि मात्र भन्न सकिन्छ भनी डाक्टरले भनेकाले ती केहीदिन कटाउन पनि निकै गाह्रो भयो उसलाई । तेस्रो दिन ऊ रिपोर्ट लिन गयो । “रिपोर्टमा खासै खराबी देखिँंदैन । नयाँ औषधि लेखिदिन्छु । पांँचदिन, हरेक राती सुत्नुअघि खुवाउनुस्, ठीक भै हाल्छ ।” यसपालि पनि एउटा अर्को अनुमान, एउटा अर्को परीक्षण ।

दुई महिनाभन्दा बढी भैसक्दा पनि छोरोको स्वास्थ्य सुध्रेन । दुब्लाएर हाडछाला मात्र भैसक्यो । आंँखामुनि गहिरा खोपिल्टाहरु परिसके । अरुचि र अनिद्राले कमजोर बनाई पहेंलिएको छोराको शरीर देख्दा हताश बुध्दवीरको हातखुटटा त्यसै फतक्क गल्यो ।

थोरै खाना खाएर औषधि खाएपछि छोरा भुसुक्कै निदायो, तर व्यंुँझने बित्तिकै उल्टी गरुंँलाझैं गर्न थाल्यो । अवस्था देखेर हठात् उसले छोरालाई ट्याक्सीमा क्लिनिक कुदायो । डाक्टर आइसकेका थिएनन् । “टेलिफोन गरिदिनुस् न ।” हात जोडी भक्कानियो ऊ । “किन आत्तिनु हुन्छ ? डाक्टर आउँदै हुनुहुन्छ, तपाई बस्दै गर्नुहोस् ।” जवाफ फर्कियो त्यहाँका स्टाफहरुबाट । ती केही मिनेट पनि वर्षौँ लागे उसलाई ।

डाक्टर क्लिनिकमा आउंँदा अलि रुष्ट थिए । “तपाई अलि बढी नै आत्तिनु हुँदोरहेछ । को विरामी पर्दैनन् ? हेर्नुस्, हामीले त तपाईका छोरा जस्ता धेरै बिरामी हेर्नुपर्छ । यो भन्दा सिरियस केश आउँछन् । तपाइका जस्ता पीर के अरुलाई हुंँदैन र ?” डाक्टरले यसो भनिरहँदा ऊ केही बोल्नै सकेन । उसको आफ्नो पो मुटुको टुक्रा, डाक्टरका लागि त मात्र एउटा बिरामी । यस्ता र यी भन्दा धेरै जटिल बिरामी उनका सामु अनेकौँ आएका हुन सक्छन् । “डाक्टर साब, ठीक त हुन्छ, मेरो छोरो ? बाहिर लानु पर्ने पो हो कि ?” बुध्दवीरका गला अवरुध्द भए ।

“हेर्नुस् ! डाक्टर भनेका पनि मान्छे नै हुन् । हामीले गर्ने भनेको प्रयास हो र हामी प्रयास गर्न कहिल्यै छोड्दैनौँं । नआत्तिनुस् । सकेजति गरेको छु, बांँकी भगवानको हातमा । अहिले हतारमा छु, हस्पिटलको अर्जेन्ट मिटिङ भ्याउनु छ । उल्टी रोक्ने औषधि लेखिदिएको छु, । ठीक हुन्छ ।” डाक्टर ब्याग लिएर बाहिरिए । बिचरा बुध्दवीर, हातमा प्रेश्क्रिप्शन र टेष्ट रिपोर्टका बिटो समातीे रोगले गलेको छोरा कांँधमा राखेर डाक्टर गएको दिशातिर धेरैबेरसम्म अन्यमनस्क टोलाइरहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment