Comments Add Comment

हेड टु हेडबाट बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने बाँकी नै

१६ मंसिर, काठमाडौं । मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् ।

हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन् । यो मौका उनले गुमाएकी छन् ।

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् ।

सिंगापुरकी भेनेसा

‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्, ‘मेरो बीचमा एक-दुई लाइन भन्न छुटेको रहेछ । सायद त्यो भएर कनेक्ट हुन सकेन । मैले आफैंले यूट्यूबमा भिडियो हेदा पनि कनेक्टेड फिल भएन ।’

उनले यो हारबाट दुखित भएको बताएकी छन् । भावुक बन्दै उनले भनेकी छन्, ‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’

हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।

हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बर (फाइनलको दिन)सम्म भोटिङ खुल्ला हुनेछ ।

हेड टु हेड समाप्त भएसँगै टप ३० का १३ वटा स्थानहरु भरिएका छन् । श्रृंखलाले अब बाँकी १७ स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

नेपाल र सिंगापुरको हेड टु हेडको भिडियो लिंक

श्रृंखलाको भिडियो वक्तव्यको पूर्णपाठ

नमस्ते नेपाल।

हेड टु हेड च्यालेन्जको भिडियो युट्युबमा पोस्ट भैसकेको छ। यहाँहरूले हेरिसक्नु भयो होला। म र सिंगापुरसँगै परेका थियौं। हाम्रो च्यालेन्जमा सिंगापुरकी प्रतियोगीले जितिन्।

युटुयुबमा अपलोड हुँदा कस्तो प्रतिक्रिया आउने होला भनेर डर लागिरहेको थियो। हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरूको अपेक्षा पूरा गर्न सकिनँ भनेर। तरसिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो। त्यसैले प्लिज युट्युबमा नेपालले जित्नुपर्थ्यो। सिंगापुरले किन जित्यो नभन्नु होला। उ मेरो राम्रो साथी पनि हो। म एकदम खुसी छु उसका लागि। 

अवश्य पनि मन थियोनेपालका लागि हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुग्न पाउँ भन्ने तर नआत्तिनुहोला ।अझै पनि ३० वटामध्ये १७ वटा स्पट खाली नै छन्। त्यसैले यो अन्त्य होइन। सरीभन्न चाहन्छु। राम्रो गर्न सक्थेँ अझै। तर हामीलाई ब्रिफिङमा चाहिँ  अाफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला। यो प्रस्तुती शैलीबारे मात्रै हो भनिएको थियो। मैले त्यही ब्रिफिङ फलो गरेँ।

 

View this post on Instagram

 

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयोबीचमा बोल्दाबोल्दै एक-दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट भएर। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड आफैलाई पनि फिल भएन।

सरी नेपाल । यत्रो भोट गरेर टप २० मा पुऱ्याइदिनुभयो। टप १० मा हेड टु हेडमा पुग्न सकिनँ। तर अझ पनि आशावादी छु- टप ३० मा पुग्न सक्छु भनेर।अझै १७ वटा स्पट खाली नै छन्। त्यसैले हार नमान्दिनु होला। यत्रो माया गरिदिनुभयोकसरी गुन तिरौं भनेर सोच्न मात्रै आउँछ। नेपाल आएर धेरै काम गर्न मन छ।

मलाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो। मिस वर्ल्ड पनि मेरालाई आवाज बलियो बनाउँने माध्यम मात्रै हो। 

म एउटा मान्छे संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु। सायद अलि बढी कुरा गरेजस्तो लाग्छ होला तर मलाई थाहा छमैले भनेको कुराहरु कति इमान्दारीताका साथ भन्छु र कति विश्वास मानेर भन्छु भनेर। 

९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरे। भविष्यको योजना के हो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो। मैले त्यसमै फोकस गर्न खोजे। भिडियो हेरेर मैले महसुस गरिसके, सिंगापुरले डिजर्भ गरेको थियो। उसलाई पनि सपोर्ट गरिदिनुस्। कमेन्टमा नेपालले जित्नुपथ्र्यो भनेर भन्दाखेरि पक्कै पनि उसलाई राम्रो लाग्दैन । जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जिते पनि हारे पनि स्वीकार गर्नुपर्छ। अरुको जितमा पनि रमाउँनुपर्छ। त्यसै गर्न सिकौं। 

सरी मेरो साइडबाट मैले गर्न सकिन, तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला। यतिधेरै माया गर्नुभएकोमा धन्यवाद। सबैलाई मायाँ। अझैपनि मौका छ। व्युटी विथ द पर्पस अनि मल्टिमिडिया अवार्ड बाँकी छ। टप ३० को लागि अझैपनि ठाउँहरु खाली छन्। अझै पनि सम्भावना बाँकी छ। मलाई यहाँसम्म पुर्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment