Comments Add Comment

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा पुडासैनी

१६ मंसिर, काठमाडौं । मोरङको विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद बैठकले उत्तम पुडासैनीलाई सभापति चयन गरेको छ । पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

वरिष्ठ उपसभापतिमा गोविन्द खनाल, उपसभापतिमा विष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशील बस्नेत चयन भएका छन् ।

यसैगरी, सचिवहरुमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोइराला, प्रदेश ३ बाट बाबुहरि आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल र प्रदेश ७ बाट मदनबहादुर कुँवर निर्वाचित भएका छन् ।

महिला सचिवमा रत्नलक्ष्मी श्रेष्ठ, दलित सचिवमा टेकबहादुर सार्की, आदिवासी जनजाती सचिवमा बलबहादुर गाहा मगर, मधेसी सचिवमा परमानन्द चौधरी चुनिएका छन् । कोषाध्यक्षमा रामकृष्ण बराल चयन भएको समाजले जनाएको छ ।

सदस्यहरुमा विकास थापा, क्षमादेवी अधिकारी, सीता श्रेष्ठ, श्यामप्रसाद लामिछाने, दीपेन्द्र राई, लालप्रसाद पंगेनी, मोहन विश्वकर्मा, रामप्रसाद जोशी, मीना ढकाल र अञ्जु गौतम परियार चुनिएको कार्यक्रम अधिकृत सरिता शर्माले जानकारी दिइन् ।

यसैबीच, शान्ति समाजको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समाजको सल्लाहकारमा पूर्वसभापति होमकान्त चौलागाईं र निवर्तमान सभापति डा. गंगाधर अधिकारीलाई मनोनयन गरेको छ ।

अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र अपिल समितिको संयोजकमा बटुकृष्ण ढुंगेललाई मनोनयन गरेको छ ।

साथै केन्द्रीय कार्यसमितिको ६ सदस्यमा गीता तिमल्सिना, गीता श्रीस, सरस्वती ढकाल, नम्रता पौडेल, रेखा राय र बिभु पोखरेललाई मनोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment