Comments Add Comment

नार्कको काम प्रति कृषि मन्त्री खनालको असन्तुष्टि

१६ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद् नार्कको काम प्रति असन्तुष्टि जनाएका छन् । नार्कले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना क्रियाकलाप सुधार्न गर्न आग्रह गरे ।

‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाई ? त्यो मलाई थाहा छैन तर, बनाउने भन्दा भत्काउने काम भयो’, उनले भने ।

नार्कको अनुसन्ध्ाान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रले पनि लाभ लिन नसकेको मन्त्री खनालको भनाइ छ ।  ‘प्रयाप्त श्रोत साधन र प्रयोगशाला नभएको भए कामले हात झिक्नु पर्यो, होइन भने बजेट मात्र सिध्याएर के फाइदा’, उनले प्रश्न गरे ।

आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि मन्त्री खनालले निर्देशन दिए ।  नार्कमा रहेका पेशागत युनियन प्रति पनि उनले आक्रोस पोखे ।

युनियनले हरेक कुरामा हक्ष्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैंले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो भन्दै प्रश्न गरे ।

यसैबीच, बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन् ।

६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment