Comments Add Comment

फास्ट ट्रयाकले जनताको उठीवास लाग्दैनः नेपाली सेना

१६ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणले जनताहरुको उठीवास लाग्ने कुरा गलत भएको प्रष्टीकरण दिएको छ ।

आयोजना प्रभावित स्थानीयहरुले फास्ट ट्रयाक निर्माणबाट जनताको उठीवास नै हुनसक्ने विषय बाहिर आएको भन्दै सेनाले अवस्था त्यस्तो नरहेको दाबी गरेको हो ।

नेपाली सेना इन्जिनियरिङ विभाग प्रमुख प्राविधि उपरथी योगेन्द्रबहादुर खाँडले उठीवास हुन्न भनिएका क्षेत्रमा २ दशमलव २ प्रतिशतमात्रै निजी स्वामित्वको जग्गा आयोजनाको मार्गाधिकारभित्र पर्ने बताए ।

उपरथी खाँडले संसदको विकास तथा प्रविधि समितिमा आफ्नो प्रस्तुति राख्ने क्रममा ललितपुर जिल्लाका सैंबू, खोकना, बुंगमती र डुकुछापको कुल जमिन मध्ये द्रुतमार्गको मार्गाधिकार भित्र २.९ प्रतिशत मात्रै पर्ने जानकारी गराएका थिए ।

त्यसमध्ये पनि सरकारी जग्गा १५ प्रतिशत र ९ प्रतिशत गुठीको जग्गा रहेका कारण कुल क्षेत्रफल मध्ये २.२ प्रतिशतमात्रै निजी स्वामित्वको जग्गामात्र आयोजनाको मार्गाधिकारभित्र पर्ने उनले प्रष्ट पारे ।

सो क्षेत्रफलभित्र जनताको घर लगायतका स्थायी संरचना समेत नभएकाको कारण जनताको उठीबास हुन्छ भन्ने विषय सही नभएको सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment