Comments Add Comment

कांग्रेस गुल्मीको जिल्ला सम्मेलन सर्‍यो

१६ मंसिर, गुल्मी । नेपाली कांग्रेस गुल्मीको मंसिर २० र २१ गतेका लागि तोकिएको जिल्ला सम्मेलन सरेको छ । जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट सम्मेलन सार्ने गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत कांग्रेसले जानकारी दिएको छ ।

मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म हुने महासमितिको भेलालाई मध्यनजर गर्दै सम्मेलन सारिएको जिल्ला सचिव खिलध्वज पन्थीले बताए ।

नयाँ मिति अनुसार आगामी पुस २८ र २९ गते सम्मेलन गर्ने तय भएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

बिधानअनुसार प्रत्येक वर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन सकेको छैन । सम्मेलनको उद्घाटन गर्न पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेताहरुसमेत आउने बताइएको छ ।

सम्मेलनमा गाउँ कार्यसमितिका सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति गरि करिब ३ सय बढीको उपस्थिति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment