Comments Add Comment

एउटै स्टेजमा सुगमदेखि स्वस्तिमा

मंसिर २२ गते शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक’ कार्यक्रममा नेपाली चलचित्रका नायिका तथा सांगीतिक क्षेत्रका करिब २ दर्जन हस्तीहरुले आफ्नो बेजोड प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले आयोजना गर्न लागेको कार्यक्रममा ‘वल्र्ड रग्बीको ट्रफी’ पनि सार्वजनिक गर्ने कार्यक्रम छ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । करिब २५ हजार दर्शकले कार्यक्रममा प्रत्यक्ष मनोरञ्जन लिने अपेक्षा आयोजकको छ ।

उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना, नितेश जंग कँुवर, स्वप्न सुमन, डीजे सुरेन, डीजे कुइन् लगायतले आफ्नो प्रस्तुति दिनेछन् । बिहान १० बजेबाट साँझ ७ बजेसम्म यो कार्यक्रम चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment