Comments Add Comment

गल्फ लुब्रिकेन्टको डिलर डिएस ट्रेड सेन्टरले पायो भिटारा ब्रिजा

१६ मंसिर, काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत काठमाडौंको सिफलस्थित डिएस ट्रेड सेन्टरलाई भिटारा बि्रजा जेडीआइ प्लस गाडी प्रदान गरेको छ ।

डि एस ट्रेड सेन्टर गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो र उक्त रिटेलर २ वर्षमा ६० किलो लिटर गल्फ लुब्रिकेन्ट बिक्री गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले विहिबार एक कार्यक्रमका बीच डि एस ट्रेड सेन्टरका प्रोप्राइटर उत्तम लिगललाई गाडी हस्तान्तरण गरे ।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको कम्पनी बताउँछ । यसै सिलसिलामा २०७५/२०७६ तथा २०७६/२०७७ को २ वर्षको अवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किमअन्तर्गत समावेश गर्ने गरी सम्झौता गरिएले जनाइएको छ ।

नेपाल ल्युब आयल लिमिटेडले टु हृवीलर रिटेलर स्किम तथा जिइओ तथा डिइओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको बताएको छ ।

ए भिइ ट्रेडिङ्ग प्रालि अन्तर्गत रहेका डिलरहरुले काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment