Comments Add Comment

वियस राईको कथा सङ्ग्रह ‘हिउँमाझी’ बजारमा

१६ मंसिर, काठमाडौं । पेसाले प्रहरी वियस राईले आफ्नो पहिलो कथा सङ्ग्रह ‘हिउँमाझी’ बजारमा ल्याएका छन् । कथाहरुमा नेपालका पहाडी तथा हिमाली क्षेत्रको जनजीवनलाई समेटिएको छ । लामा बुनोटका १३ वटा कथा सङग्रहमा समेटिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार वैरागी काइलाले कथा पढ्दा लेखक पर्यटकलाई हिमाल आरोहण गर्ने गाइड, भरिया वा पर्यटन व्यवसायी अनुभव हुने कुरा बताए । ‘कथा कति सशक्त छ भन्ने कुरा कथाभित्र ऊ कति छिरेको छ भन्ने कुराले पनि यसमा मापन गर्छ’ उनले भने ।

फिनिक्स बुक्सले प्रकाशन गरेको उक्त पुस्तकलाई विश्लेषक उज्जवल प्रसाईले हिउमाझी मार्फत लेखकले पर्यटकलाई हिमाल चढाउन संघर्ष र जोखिमका कुरा पनि उठाएकोमा बधाइ दिए । ‘हिउँमाझी मार्फत लेखकले स्थानीयता, त्यहाको समाज मनोविज्ञान र संस्कृतिलाई जस्ताको त्यस्तै उतारेका छन् ।’ प्रसाईंले भने, ‘केही कथाहरुले नेपाल प्रहरीको मनो विज्ञानलाई नयाँ तरिकाले हेरेको छ ।’

साहित्यकार कृष्ण धरावासीले नयाँ लेखकको परिपक्क कृतिका रुपमा ‘हिउँमाझी’लाई ब्याख्या गरे । ‘सङ्ग्रह नयाँ भए पनि यी कथाहरु मेरा लागि नयाँ होइनन्, किनभने मैले एक वर्ष अघि नै यी कथाहरुका पाण्डुलिपी पढेर बधाइ दिइसकेको थिएँ’ धरावासीले भने, ‘नयाँ कथाकार सशक्त भएर आएका छन् भन्दा फरक पर्दैन ।’

लेखक वियस राईले पर्यटन नेपालको आर्थिक भरथेक गर्ने माध्यम बनिरहेले तयसको भरथेग गर्न आफूले साहित्यलाई माध्यम बनाएको बताए । ‘हिउँमाझी शब्द शब्दकोषमा नभेटिएकोले त्यो शब्द आफूले नै सिर्जना गरेको दाबी गर्दै भने, ‘लेखकले कथा लेख्छ, साथमा उसले नयाँ शब्दहरुको सिर्जना पनि गर्छ । त्यसको एउटा उदाहरणका रुपमा यो शब्दलाई कथा सङग्रहको नाम दिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment