Comments Add Comment

निर्मला हत्या प्रकरणः बर्खास्त दुई अधिकारीले पुनर्वहालीको माग गर्दै निवेदन दिए

१६ मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् ।

तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् ।

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस निर्मला हत्या प्रकरण : एसपीमाथिको कारवाही कठोर कि लचिलो ?

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए ।

मन्त्रीपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालतमा जाने उनीहरुको तयारी छ । प्रकरणमाथिको अनुसन्धान नै पूरा नभइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २९ असोजमा विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेका थिए ।

उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट हटाइएको थियो । यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।

यो पनि पढ्नुहोस निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment