Comments Add Comment

माग पूरा नभएकाे भन्दै खानेपानी संस्थानका कर्मचारी धर्नामा

१६ मंसिर,  काठमाडाैं । नेपाल खानेपानी संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायत माग राखी २४ वटै शाखामा १५ दिनदेखि कर्मचारीले धर्ना दिइरहेका छन् ।

संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मङ्सिर २ गतेदेखि शुरु भएको आन्दोलनले कर्मचारीका माग पूरा नभएको भन्दै मंसिर १० गतेदखि संस्थानको २४ वटै शाखा कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्ष घेराउ गरिएको संयुक्त कर्मचारी संघर्ष समितिका संयोजक रामजी अर्यालले राससलाई जानकारी दिए ।

रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने, संस्थानमा हुने अनियमितता रोक्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, विसं २०६६ मा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने, संस्थान दुहुनो गाई हुनबाट जोगाउनुपर्ने जस्ता माग राखेर गरिएको आन्दोलन माग पूरा नभएसम्म जारी रहने जनाइएको छ ।

संस्थानको कार्यक्षेत्र भद्रपुर, धरान, विराटनगर, राजविराज, लहान, जनकपुर, जलेश्वर, गौशाला, विरगञ्ज, गौर, मलंगवा, कलैया, पोखरा, बुटवल, भैरहवा, कृष्णनगर, तौलिहवा, बहादुरगञ्ज, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर, हेम्जा, बनेपा, मिनरलवाटर कार्यालय पनौतीमा एक घण्टा धर्ना हुने गरेको छ ।

संस्थानमा कार्यरत करार कर्मचारीका साथै स्थायी कर्मचारीको पनि आन्तरिकरुपमा अनेकन समस्या रहेकोले सोको समाधानको लागि पनि आन्दोलन आवश्यक भएको नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले बताए ।

संस्थानमा कार्यरत ३५० करार र २०० स्थायी कर्मचारीको समस्या हल नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment