Comments Add Comment

प्रहरीको संरचनामा व्यापक फेरबदल, विमानस्थल प्रहरी ‘मेट्रो’ मातहत

१६ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको संरचनामा व्यापक फेरबदल गरेका छन् ।

यूएई भ्रमणका क्रममा साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपित ठाकुर ढुंगानासँगै एउटै मञ्चमा देखिएर विवादमा परेका उनले एक महिनाअघिको आफ्नै निर्णय उल्ट्याएका हुन् ।

खनालले अब सचिवालय अन्तरगत विभिन्न निकायलाई एकीकृत गरेका छन् । खनालले आफ्ना विश्वास पात्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत विमास्थल सुरक्षा प्रहरी कार्यालयलाई राखेका छन् ।

यसअघि १४ कात्तिकमा खनालले नै विमानस्थल प्रहरीलाई अपराध अनुसन्धान तथा कार्य विभाग अन्तरगत राखेका थिए । सुन तस्करीबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले पनि विमानस्थल प्रहरीलाई बलियो बनाउनु पर्नेमा जोड दिएको थियो ।

तर, आईपीजी खनालले यूएईबाट फर्किएलगत्तै एक महिनाअघिको निर्णय उल्टाउँदै ११ कात्तिकमा विमानस्थल प्रहरीलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय अन्तरगत राख्ने निर्णय गरेका छन् ।

यो पनि पढ्नुहोस सुनकाण्डको प्रतिवेदन सिंहदरबारमै गुपचुप, आरोपीसँगै आईजीपीको ‘रिट्रिट’ !

यसबाट चेन अफ कमाण्डमा समेत समस्या निम्तिने देखिएको छ । किनकि, महानगरीय प्रहरीका प्रमुख क्षेत्री विमानस्थल प्रहरीको नेतृत्व गरिरहेका डीआईजी शेरबहादुर बस्नेतभन्दा जुनियर अधिकृत हुन् । बस्नेत २४ वैशाखमा डीआईजी बढुवा भएका थिए भने शैलेश २० असोजमा बढुवा भएका हुन् ।

‘एकाएक महानगरीय प्रहरी मातहत विमानस्थल प्रहरीलाई राखिएपछि प्रहरी अधिकारीहरु अचम्मित छन्’, एक पूर्वडिआईजीले अनलाइनखबरसँग भने, ‘कतै भत्किएको सुन तस्करीको सेटिङ फेरि ब्यूतिने त होइन भन्ने विषयले पनि सशंकित बनाएको छ ।’

आईजीपी खनालको सचिवालय मातहतमा प्रशासन महाशाखा पनि ल्याइएको छ । जबकि, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ठूले राईको नेतृत्वमा प्रशासन विभाग नै छ ।

त्यस्तै, आईजीपी खनालले प्रहरी संगीत विद्यालय (ब्याण्ड शाखा), यूएन शाखा र सवारी महाशाखा पनि आफ्नो मातहत ल्याएका छन् । ‘सबै पावर जति आफू मातहत तान्न खोजेको देखिन्छ’, प्रहरी अधिकारीहरु अनौपचारिक संवादमा भन्छन्, ‘यो जरुरी थ्यो जस्तो लाग्दैन । किनकि, प्रहरी महानिरीक्षकको काम समग्र प्रहरी चलाउने हो ।’

प्रहरीको कुन संरचना कहाँ पुगे ? (सूची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment