Comments Add Comment

रोशनकुमार न्यौपाने बने एनआईसी एसिया बैंकका सीईओ

१६ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए ।

लक्ष्मण रिसालले छाडेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । न्यौपानेले त्यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

चार्टर्ड एकाउन्टेन्ट न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी निकै अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

आन्तरिक लेखा परीक्षण विभागको प्रमुखको रुपमा तत्कालीन बैंक अफ एसियाबाट बैंकिङ क्षत्रेमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् ।

नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । बैंकको देशैभरी २६८ वटा शाखा छन्। बैंकका २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ। बैंकको ग्राहक संख्या १३ लाख ५० हजार नाघिसकेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको लक्ष्यलाई मूर्त रुप दिन प्रतिवद्धता जनाएका छन् । उनले ग्राहकलाई उतकृष्ट, सुलभ र सहज सेवा प्रदान गरी समृद्धि नेपाल बनाउन योदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment