Comments Add Comment

‘पवित्र रक्सी’ पिलाउँदै ‘सच्चा माता’ ले दिइन् ब्लेसिङ !

१६ मंसिर, काठमाडौं । एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीहरुको रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी छिन् । उक्त कार्यक्रममा प्रधानमन्त्री दम्पत्ति भने सहभागी भएनन् ।

हायात होटलमा आयोजित सम्मेलनको दोस्रो दिनमा ‘ब्लेसिङ’ समारोह आयोजना गरिएको हो । यसमा प्रधानमन्त्रीदेखि स्थानीय निकायका प्रमुखसम्मलाई जोडीसहित निमन्त्रण गरिएको थियो ।

तर, विवाद आएपछि प्रधानमन्त्री, मन्त्रीहरु र अधिकांस स्थानीय निकायका प्रमुखले कार्यक्रम बहिष्कार गरे । माताबाट ‘गुड गभर्नेन्स अवार्ड’सहित एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए । ब्लेसिङमा हाई-प्रोफाइलका कोही पनि सहभागी भएनन् ।

नेपाली उद्घोषकले होली वाइनलाई ‘होली वाटर’ भनेका थिए । तर, अंग्रेजी उद्घोषकले भने होली वाइन नै भने ।

प्लास्टिकको कपमा पहेँलो पदार्थ सबै जोडीहरुलाई घुट्क्याउन दिइएको थियो । साथै, उनीहरुलाई एक अर्काको हात समातेर ‘सच्चा पिता’ भनिने यूनिफिकेसन चर्चका धर्मगुरुसन म्योङ मुनलाई सम्झिँदै प्रार्थना गर्न लगाइएको थियो । पछि ‘सच्चा माता’ हाक जा हान मुनले सबै जोडीहरुलाई ‘पवित्र रक्सी’ ले सेचन गरिएकी थिइन् ।

यूनिफिकेशन चर्चको सिद्धान्त अनुसार यसरी होली वाइन पिउनले जोडीहरु मुन दम्पत्तिको बंशमा समाहित हुन्छन् । यो विवाहित जोडी वा विवाहयोग्य जोडीहरुलाई यस कार्यक्रममा समावेश गरिन्छ । होली वाइन नपिइकन यस चर्चले कसैलाई पनि विवाहको मान्यता दिदैन ।

होली वाइनको अर्थ र महत्वबारे के हो ? यो पनि पढ्नुहोस ‘सच्चा माता’ को ब्लेसिङ विवादमा, प्रधानमन्त्री दम्पतीले नलिने

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment