Comments Add Comment

यू-२१ ब्याडमिन्टनमा भारतको दवदवा

काठमाडौं । दक्षिण एशियाली यू-२१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो दबदवा कायम राख्यो ।

नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको च्याम्पियनसिपको पुरुष एकल तर्फ भारतका पि्रयान्सु रजावत श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६ २१, २१/१६, २१/१७ ले पन्छाउँदै स्वर्ण कब्जा गर्न सफल भए । नेपालका नविन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए ।

यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१/१२, २१/८ को जित निकाल्दै स्वर्ण हात पारिन् । मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलतर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जोडे ।

गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१/१०, २१/१६ ले पाखा लगाए । नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो स्थान खुम्चिए ।

महिला युगलमा पनि भारतले बाजी मार्‍यो । भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदि बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१/१४, २१/१८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे ।

तेश्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे ।

पुरुष एकल तर्फ पनि भारतकोनै जित भयो । भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र पि्रन्स दाहालको जोडीलाई २१/१६, १७/२१, २१/१७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा पार्न सफल भए ।

भारतले यस अघि मिश्रीत युगल तर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले छ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment