Comments Add Comment

बाजी जित्न चार वर्षसम्म नङ नकाटेपछि…

बाजी जित्नका लागि रुसमा एकजना युवतीले यस्तो काम गरिन् कि त्यसबाट रुसमा नयाँ रेकर्ड नै कायम भयो ।

ती युवतीले लगातार चार वर्षसम्म आफ्ना औँलाका नङ काटिनन् । जसका कारण हातका औंलाका नङ १२ सेमीसम्म लामा भएका थिए ।

एलिनाका अनुसार, उनले आफ्ना साथीहरुसँग बाजी राखेकी थिइन् । तैले नङ पाल्न सक्दिनस् भनेर साथीले भनेपछि उनले नङ पाल्न सुरु गरिन् । जसका कारण उनले ४ वर्षसम्म नङ पाल्नुपर्यो ।

४ वर्षसम्म नङ नकाट्दा नङको लम्बाई १२ सेन्टिमिटर पुगेको थियो ।

आफ्ना नङलाई बच्चाजस्तै माया गर्ने उनी बताउँछिन् ।

तर अरु मानिसलाई भने आफ्ना नङ देख्दा अचम्म लाग्ने गरेको अनुभव उनको छ ।

सेन्ट पिटर्सबर्गमा बस्ने एलिना आफूलाई दैनिक जीवनमा काममा नङका कारण कुनै अप्ठेरो नभएको बताउँछिन् ।

सबैभन्दा लामो नङ भएको मानिसका रुपमा अहिले उनको नाम राष्ट्रिय कीर्तिमानमा दर्ज भएको छ ।

उनले त्यसको प्रमाणपत्र पनि पाइसकेकी छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment