Comments Add Comment

 औषधी सेवन गर्दा हामी के गल्ती गर्छौ ?

कुनैपनि रोग निदानका लागि औषधी सेवन गरिन्छ । तर, औषधी कसरी सेवन गर्ने ? यसको तौर-तरिका पनि जान्नुपर्छ । कुनैपनि औषधी सेवन गर्दा त्यसको प्रभाव कस्तो रहन्छ ? यसबारे बुझ्नुपर्छ । अतः औषधीलाई सही ढंगले सेवन गर्दा मात्र त्यसले प्रभावकारी रुपमा काम गर्छ ।

किनपनि यो कुरा बुझ्न आवश्यक छ भने, अहिले धेरैजसो औषधी सेवन गर्न बाध्य छन् । हरेकजसो केही न केही रोग पालेर बसेका छन् । उनीहरुमध्ये धेरैले चिकित्सकको प्रेस्किप्सन अनुसार औषधी त खरिद गरेका छन्, तर कसरी सेवन गर्ने भन्ने कुरामा ध्यान दिएका छैनन् ।

औषधी सेवन गर्ने तौर तरिका नमिल्दा त्यसले उल्टो असर गर्न सक्छ ।

चपाउने चक्की पनि हानिकारक

बिना पानी औषधी सेवन गर्दा एसोफैगसको अल्सर हुने संभावना हुन्छ । एक अध्ययन अनुसार कुनैपनि औषधीले एसोफैगसनमा अल्सर हुने संभावना अधिक हुन्छ । त्यती मात्र होइन, अध्ययनले के पनि भन्छ भने चपाएर खाने भिटामिन सिको चक्कीले समेत गलालाई हानी गर्छ ।

के हुन्छ समस्या ?

कतिपय व्यक्तिलाई लाग्छ कि पानीसँग गोली सेवन गर्दा त्यो सजिलै घुल्छ । तर, यसको सत्यता फरक छ । जब औषधीसँग पानी सेवन गरिन्छ, त्यसको उदेश्य भनेको उक्त औषधी सजिलै र चाडै सही स्थानमा पुग्न सकोस् भन्ने हो । यदि पानी पिइएन भने गोली भोजन नलीमा फस्छ । यसले गर्दा छातीमा दुखाई हुन्छ ।

औषधी सेवन गर्दा तपाई कुन पोजिसनमा हुनुहुनुन्छ ? त्यसबारे पनि हेक्का राख्नुपर्छ । औषधी सेवन गरिरहँदा उभिएर वा बसेर खानुपर्छ । सुतेको अवस्थामा कहिले पनि औषधी सेवन गर्नुहुन्न । चिकित्सकका अनुसार कुनैपनि औषधी खाइसकेपछि तुरुन्तै सुत्नु पनि हुँदैन । यसका लागि लगभग १५ मिनेटको समय ग्याप राख्नुपर्छ ।

-औषधीलाई सधै कम्तीमा एक गिलास पानीसँग पिउनुपर्छ ।

दिनभरमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसले गर्दा एसोफैगसलाई असर पर्दैन ।

कुरा सामान्य हो, चक्की औषधी सेवन गर्दा पानी पिउनैपर्छ । यद्यपी कतिपयले पानी पिउन आवश्यक ठान्दैनन् । वा पिउनुपर्छ भन्ने हेक्का हुँदैन । कतिले एक घुड्की पानी पिउँछन् । जबकी यस्तो बानीले हानी गर्छ ।

बिना पानी औषधी सेवन गर्दा गलाको नली अर्थात एसोफैगसलाई नोक्सान गर्छ । यसरी सेवन गर्दा बेलाबखत आँखाबाट आँशु पनि आउँछ । यदि ठूलो साइजको ट्याबलेट पानी बिना निल्नु भयो भने यसले गलाको नलीमा जलन हुन्छ, छातीमा पनि पीडा हुन्छ । गलाको नली एकदमै नाजुक टिश्युले बनेको हुन्छ । यदि ट्याबलेट गलाको नलीमा अड्कियो भने त्यसले एकदम हानी पुर्‍याउँछ । साथै खतरनाक पनि हुनसक्छ । अचातक तिब्र दुखाईसँगै सास फेर्न समेत हम्मे पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment