Comments Add Comment

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल । प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा कपिलवस्तुमा सबैभन्दा बढी अर्थात ३५.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

पश्चिम नवलपरासी र रुपन्देहीमा सबैभदा कम प्रतितशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । कपिलवस्तुमा ९१ हजार २ सय ६४ घर परिवार र ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या छ ।

प्रदेश योजना आयोगले केन्द्रीय तथ्यांक विभाग (२०६८) र मानव विकास प्रतिवेदन (२०१४)लाई आधार मानेर हालै तयार गरेको प्रदेश प्रोफाइल अनुसार कपिलवस्तुपछि प्यूठानमा ३२.२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

प्युठानमा २ लाख २८ हजार १०२ जनसंख्या छ । ३ लाख ३१ हजार ९०४ जनसंख्या रहेको पश्चिम नवलपरासीमा १७ प्रतिशत र ८ लाख ८० हजार १९६ जनसंख्या रहेको रुपन्देहीमा १७.३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

२ लाख ६१ हजार १८० जनसंख्या रहेको पाल्पामा २१.६ प्रतिशत, एक लाख ९७ ६३२ जनसंख्या रहेको अर्घाखाँचीमा २८.८ प्रतिशत, २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २५.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ ।

यस्तै ५३ हजार १८४ जनसंख्या रहेको रुकुम पूर्वमा २६.३ प्रतिशत तथा २ लाख २४ हजार ५०६ जनसंख्या भएको रोल्पामा २६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

५ लाख ५२ हजार ५८३ जनसंख्या रहेको दाङमा २५.१ प्रतिशत, ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेको बाँकेमा २६.४ प्रतिशत र ४ लाख २६ हजार ५७६ जनसंख्या रहेको बर्दियामा २८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका सबै जिल्लाको क्रयशक्ति क्रयशक्तिमा आधारित औषत प्रतिव्यक्ति वाषिर्क आय राष्ट्रिय औति एक हजार १६० अमेरिकी डलर भदा कम रहेको छ ।

नवलपरासी, रुपदेही, दाङ, बाँके र बर्दियाको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर भदा बढी छ भने सबैभदा कम रोल्पाको ६४३ र प्यूठानको ६८१ अमेरिकी डलर रहेको छ ।

यस प्रदेशको औसतमा प्रति व्यक्ति आय करिब ९५० अमेरिकी डलर जति रहेको छ ।

यो २०६८ सालको तथ्यांक भएको हुँदा अहिले यो भन्दा केही बढेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ बताउंछन् ।

बहुआयामिक गरिबीमा प्रदेश ५ दोस्रो स्थानमा

राष्ट्रिय योजना आयोगको पछिलो तथ्यांक अनुसार प्रदेश ५ मा बहुआयामिक गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो ।

बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पतिको स्वामित्व आदिलाई समेटेको छ ।

यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औषत ०.१२७ भदा बढी छ ।

प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीमा छन् । संख्यामक रुपमा दोस्रो धेरै बहुआयामिक गरिबी भएको प्रदेश यही हो ।

प्रदेशमा बाल मृत्युदर र कुपोषणले सबैभन्दा बढी बहुआयामिक गरिबी सिर्जना गर्न भूमिका खेलेको प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसाल लुइटेलले बताइन् ।

प्रदेश ५मा सन् २०११ मा ४०.८ प्रतिशत बहुआयामिक गरिबी रहेकोमा सन् २०१४ मा ११ प्रतिशतले कम भएर २९.९ प्रतिशतमा झरेको छ ।

प्रदेशमा बहुआयामक गरिबीको मुख्य कारकमा कुपोषण रहेको छ,जसले बहुआयामिक गरिबी सूचक निर्धारणमा ३०.१ प्रतिशत योगदान दिएको छ ।

यसपछि बाल मृत्युदरले १५ प्रतिशत योगदान गरेको छ । विद्यालयको गएको वर्षले १३ प्रतिशत,खाना पकाउने इन्धनले ११.७ प्रतिशत र भूइतला तथा छानाको अवस्थाले १०.९ प्रतिशत बहुआयामिक गरिबी निर्धारणमा सहयोग गरेका छन् ।

अन्य कारकहरुको योगदान ५ प्रतिशतको हाराहारी वा सो भदा कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment