Comments Add Comment

इन्स्टाग्राममा नयाँ फिचर, गोपनीयतालाई बढावा

फोटो शेयरिङ एप इन्स्टाग्रामले पछिल्ला दिनमा प्रयोगकर्ताका लागि एक पछि अर्को गर्दै नयाँ फिचर ल्याइरहेको छ । हालै इन्स्टाग्रामले अर्को एक नयाँ फिचर ल्याएको छ । उक्त फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीलाई केही साथीसँग शेयर गर्न सक्दछन् ।

यो फिचरले एकातर्फ इन्स्टाग्राम प्रयोगकर्तालाई पर्सनलाइज्ड एक्सपिरियन्स दिने कोसिस गर्नेछ भने अर्कोतर्फ प्रयोगकर्ताको गोपनीयताको पनि सुरक्षा गर्न सघाउ पुर्याउनेछ ।

३० नोभेम्बरबाट इन्स्टाग्रामले यो नयाँ फिचर सुरु गरेको हो । प्रयोगकर्ताले अब आफ्ना नजिकका साथीसँग आफ्ना विशेष पल शेयर गर्न सक्नेछन् । यसअघि प्रयोगकर्ताले शेयर गरेका स्टोरीहरु सबै फलोअर्ससम्म पुग्दथे । तर नयाँ फिचरले यसमा ठूलो परिवर्तन ल्याएको छ ।

यो नयाँ फिचर आइओएस र एन्ड्रोइड दुवैका लागि उपलब्ध रहेको छ ।

यो फिचर प्रयोग गर्नका लागि इन्स्टाग्राम प्रोफाइलको सबैभन्दा माथि रहेको क्लोज फ्रेण्डस्को विकल्प छनोट गर्नुपर्दछ । क्लोज फ्रेण्डको लिस्टमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारका व्यक्तिहरु समावेश गर्न सक्दछन् । अर्थात् उक्त सूचीमा समावेश हुनका लागि अरुले रिक्वेस्ट पठाउन सक्दैनन् ।

अर्को कुरा कुनै पनि इन्स्टाग्राम प्रयोगकर्ताको क्लोज फ्रेण्ड लिस्टमा को–को छन् भन्ने कुरा प्रयोगकर्ता स्वयंबाहेक अरुलाई थाहा हुँदैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment