Comments Add Comment

मेरो जनकपुर भ्रमण सांस्कृतिक मात्रः मुख्यमन्त्री योगी

१७ मंसिर, अयोध्या । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो जनकपुर भ्रमण विशुद्ध सांस्कृतिक हुने बताएका छन् ।

योगी विवाह पञ्चमीको अवसरमा जनकपुर आउनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुर भ्रमणको निम्तो दिएका थिए । तर, मोदीले आफ्नो समय नमिलेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पठाउने जानकारी गराएका छन् ।

विगतमा हिन्दु राज्य र राजतन्त्रको पक्षमा अभिव्यक्ति दिँदै आएका योगीको भ्रमणबारे विभिन्न टिकाटिप्पणी भएको छ ।

तर, भाजपा नेता समेत रहेका मुख्यमन्त्री योगीले भने आफ्नो जनकपुर भ्रमण सांस्कृतिक मात्र हुने बताएका छन् । जनकपुर जाने इच्छा विगतदेखि नै भएपनि पूरा नभएको स्मरण गर्दै उनले विवाह पंचमीको अवसरमा जनकपुर जान पाउँदा खुसी लागेको बताए ।

अयोध्यास्थित आफ्नो निवासमा आइतबार जनकपुरका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै योगीलेमिथिलाले आफनो संस्कृति विरासतलाई जोगाएर राखेको भन्दै खुसी व्यक्त गरे ।

त्रेता युगबाट चल्दै आएको विवाह पञ्चमी महोत्सवले अयोध्या र जनकपुरबीच सांस्कृतिक पुलको काम गरेको उनको भनाइ छ ।

मुख्यमन्त्री योगीले अयोध्या-जनकपुर बस सेवा सञ्चालन गर्न ‘रुट परमिट’ बाधक बनेको बताएका छन् । सडक इजाजत भए अयोध्याबाट जनकपुरसम्म सिधा बस सेवा सञ्चालन गर्न सकिने उनले बताए ।

अयोध्याबाट रामजानकी मार्ग निर्माण शुरु भएको उनले जानकारी दिए । यो मार्गलाई सितामढी हुँदै सिधै जनकपुर जोड्नु पर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment