Comments Add Comment

माछा मार्न खोलामा पसेका युवक दुई दिनदेखि वेपत्ता

१७ मंसिर, सप्तरी । माछा मार्न खोलामा पसेका एक युवक दुर्इ दिनदेखि  वेपत्ता भएका छन् । प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजिरहे पनि उनी फेला पर्न नसकेको  प्रहरीले जानकारी दिएको ।

जिल्लाको डाक्नेश्री नगरपालिका ३ हटैलका रामबाबु मुखिया आइतबार दिउँसोदेखि वेपत्ता भएका हुन् । २६ वर्षीय मुखिया डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरस्थित कोशी पश्चिमी नहर र खड्ग खोलाको बीचमा जमेको पानीमा डुबेर वेपत्ता भएको थाहा भएलगत्तै खोजी सुरु गरिएको थियो ।

आइतबार दिउँसो आफ्ना साथी रामलालसँग साइकलमा धान लिएर पातो बजारतर्फ बेच्न आउने क्रममा उनले खोलामा जमेको पानीमा माछा हेरेका थिए । माछा हेरेपछि उनी साइकल रोकेर माछा मार्न भित्र पसेको केही बेरमै वेपत्ता भएको उनका साथी रामलालले जानकारी दिए ।

रामबाबु वेपत्ता भएको जमेको पानीभित्र कसैले माछा मार्न बिष हालेको र पानी जमेको ठाउँ पनि धेरै गहिरो भएकाले उनी डुबेर वेपत्ता भएको प्रहरीको भनाइ छ ।
उनको खोजीका लागि सदरमुकाम राजविराजबाट १० जना र सिरहाको चौहर्वाबाट ११ जना नेपाली सेनाको टोली खटिएको छ ।

प्रहरीको टोली समेत खटिएपनि उनी फेला पर्न नसकेको र खोजीलाई तीव्रता दिइएको इलाका प्रहरी कार्यालय, पातोका इन्चार्ज सई प्रभूराम बूढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment