Comments Add Comment

प्रदेश ५ को हिउँंदे अधिवेशन मंसिर २६ गतेदेखि

१७ मंसिर, बुटवल । प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन यही मंसिर २६ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश ५सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले प्रदेशको सार्वजनिक खरिद सम्बन्धी अन्तरिम कार्यविधि पारित गरेको छ । सार्वजनिक खरिद कार्यबिधिमा आर्थिक बिभाग प्रमुख को रहने भन्ने अन्यौल भएकोले सम्बन्धित निर्देशनालयका निर्देशक नै आर्थिक बिभाग प्रमुख हुने निर्णय गर्नुका साथै निर्देशनालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका अधिकृतले १ करोड सम्मका योजना स्वीकृत गर्ने,दोस्रो श्रेणीका अधिकृतले ५ करोड सम्मका र ५ करोड भन्दा बढि रकमका योजना निर्देशनालयका निर्देशकले स्वीकृत गर्ने कार्यबिधि पारित गरेको प्रवक्ता चौधरीले बताए ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेशको सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं ८ को ढिकापूर गाउँलाई वडा नं ९ मा गाभ्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment