Comments Add Comment

हिंसात्मक झडपमा पुलिस इन्स्पेक्टर मारिए

काठमाडौं । उत्तर प्रदेशको बुलंदशहर जिल्लामा भडि्कएको हिंसामा एक प्रहरीको मृत्यु भएको छ । एक प्रदर्शनकारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सोमबार विहान हिन्दुवादी संगठनका कार्यकर्ताले गौहत्याको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र भएको भन्दै प्रहरीले लाठी चार्ज गरेको थियो, जवाफमा भीडले प्रहरीमाथि नै आक्रमण गरेको छ ।

घटनामा पुलिस इन्स्पेक्टर सुबोधकुमार सिंहको मृत्यु भएको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको समाचारहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment