Comments Add Comment

नेसन्स लिगः सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने

१८ मंसिर, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।युरोपियन फुटबल एसोसिएसनले नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक गरेको हो ।

ड्रअनुसार सेमिफाइनलमा इंग्ल्यान्डले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल २०१९ को जुन ६ तारिखमा पोर्चुगलको गुइमरेसमा हुनेछ ।

त्यस्तै, अर्को सेमिफाइनलमा पोर्चुगलले स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । यो खेल जुन पाँच तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ ।

फाइनल खेल भने जुन ९ तारिखमा पोर्चुगलको पोर्टोमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment