Comments Add Comment

ए डिभिजन लिगमा आज दुई खेल, पुलिस र संकटामा को अगाडि ?

१८ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबले न्युरोड टिम -एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । लिगको पुछारमा रहेको एनआरटी र लिगको ११ औं स्थानमा रहेको एपीएफबीच प्रतिस्पर्धा हुन लागेको हो ।

पाँच खेलमध्ये तीन खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफको चार अंक छ । त्यस्तै, एनआरटीले भने अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले पहिलो खेलमा भने आर्मीलाई २-२ गोलको बराबरीमा रोकेको थियो । पछिल्ला चार खेलमा ऊ लगातार पराजित भएको छ ।

त्यस्तै, आजै हुने अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिमबीचको खेल प्रतिष्ठाको लडाइँ समेत हो । किनभने संकटा लिगको चौथो स्थानमा रहँदा पुलिस लिगको पाँचौ स्थानमा छ ।

संकटाले अहिलेसम्म पाँच खेलमध्ये ४ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको छ । यता, पुलिसले भने पाँच खेलमध्ये तीन खेलमा जित, एकमा हार र एकमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

आज दुई बजेर ३० मिनेटमा सुरु हुने खेलमा संकटाले जित हात पारे लिग लिडर मनाङसँगको अंक बराबरी बनाउँदै दोस्रो स्थान कायम गर्ने छ । पुलिसले जित हात पारे १३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment