Comments Add Comment

एप्पल सीईओले यसरी सुरु गर्छन् आफ्नो दिनचर्या

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलका सीईओ टिम कुक विश्वका सबैभन्दा व्यस्त व्यक्तिमध्येका एक हुन् भन्नेमा दुईमत हुन सक्दैन ।

त्यसैले उनले हरेक दिन फत्ते गर्नुपर्ने कामको सूची पनि थुप्रो हुँदो हो ।

उनी विश्वको सबैभन्दा धेरै मुनाफा कमाइरहेको तथा सबैभन्दा उत्कृष्टमध्येको एक प्रविधि कम्पनीको नेतृत्व गर्दछन् ।

यस्तो व्यस्त मान्छेले आमसर्वसाधारण तथा एप्पल कम्पनीका प्रयोगकर्ताका गुनासो तथा कुराहरु कत्तिको सुन्न भ्याउँछ होला ?

हालैको एक अन्तर्वार्तामा बताए अनुसार सीईओ कुकले हरेक दिन बिहान एक घण्टा एप्पल प्रयोगकर्ताका गुनासो सुनुवाईमा बिताउँछन् । एप्पलका आइफोन, म्याक तथा अन्य प्रडक्टका प्रयोगकर्ताले गरेका गुनासा, टिप्पणी तथा सुझावहरु पढ्ने काम उनले त्यस समयमा गर्दछन् ।

बिहानको पहिलो सत्र आफूले एप्पल प्रयोगकर्ता तथा बाहिरी मानिसहरुका टिप्पणीहरु सरसर्ती हेरेर बिताउने गरेको र यस्तो पृष्ठपोषण आफूहरुका लागि निकै महत्वपूर्ण रहेको उनी बताउँछन् ।

कुक बिहान ४ बजे उठ्ने गर्दछन् । त्यसपछि एकघण्टा जिमखानामा गएर व्यायाम गर्दछन् ।

कुकले एप्पलको आइओएस १२ मा रहेको स्क्रिन टाइम फिचरको प्रयोग गर्ने गर्दछन् । यो फिचरले आइफोन तथा आइप्याडमा बिताउने समय अनुगमन गर्न तथा निश्चित गर्न सकिन्छ ।

स्क्रिन टाइम फिचरको प्रयोगका फाइदाको बारेमा बताउँदै कुक भन्छन्, ‘नोटिफिकेसन्समा कमी आएको छ । मैले मोबाइल फोन चलाउने दरमा पनि कमी आएको छ । अपरेटिंग सिस्टममै हामीले यो फिचर हालेको हुँदा मैले के गरिरहेको छु भन्ने जानकारी प्राप्त गर्न सक्ने भएकाले नै यस्तो भएको हो ।’

टिम कुक पछिल्लो सात वर्षदेखि एप्पलको सीईओका रुपमा कार्यरत छन् । उनकै नेतृत्वमा एप्पल पहिलो ट्रिलियन डलर कम्पनी बनेको छ । उनकै कार्यकालमा एप्पल वाच आयो । पछिल्ला १३ त्रैमासिकयता एप्पलको व्यवसायमा दोहोरो अंकले वृद्धि भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment