Comments Add Comment

युनिलिभर लिमिटेडले हर्लिक्स किन्यो

१८ मंसिर, काठमाडौं । युनिलिभर लिमिटेडले भारत, बंगलादेश र अन्य २० देशमा राम्रो बजार हिस्सा ओगटेको ग्लेक्सोस्मिथक्लाइन (जीएसके)को हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो (एचएफडी) खरिद गरेको छ ।

यससँगै लोकप्रिय पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन ब्रिटिश कम्पनी युनिलिभरको हातमा गएको छ । १४५ वर्ष पुरानो ब्रान्ड हर्लिक्स खासगरी बालबालिकामाझ प्रिय छ ।

हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल)मा रहेको आफ्नो शेयरसहित ३.३ अर्ब यूरो बराबरको शेयर युनिलिभरले खरिद गरेको छ । यसलाई ठूलो बिजनेस डिल मानिएको छ । युनिलिभर एचयूएलको प्रमोटर कम्पनी हो ।

सन् २०१८ को मार्च महिनाको अन्तमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको रेकर्ड छ । जीएसकेले बेच्ने हर्लिक्सको ९० प्रतिशत बजार भारत नै हो ।

खाद्य तथा पेय पदार्थमा आफ्नो बजार बढाउने घोषित रणनीति अनुरुप नै पछिल्लो कदम चालिएको युनिलिभरले जनाएको छ ।

सबैभन्दा ठूलो ब्रान्ड

भारतको न्युट्रिसन ड्रिङ्क मार्केटमा हर्लिक्स ४३ प्रतिशत बजार हिस्सासहित सबैभन्दा ठूलो ब्रान्ड बनेको छ । मोन्डेलेज इन्टरनेशनको बर्नभिटाले १३ प्रतिशत बजार ओगटेको छ । हिन्दुस्तान युनिलिभरले भारतका ३५ लाख स्टोरहरुमार्फत् आफ्ना उत्पादनको सीधा बिक्री गर्दछ । ७ लाख आउटलेट्ससम्म यसको पहुँच छ ।

विश्लेषकहरुका अनुसार यो सम्झौतापछि हर्लिक्सलगायतका उत्पादनहरुको बिक्री अझै बढ्ने छ । गत जुलाईदेखि सेप्टेम्बर महिनासम्म हिन्दुस्तान युनिलिभरको मुनाफा १९.५१ प्रतिशतले बढेर १ हजार ५२५ करोड भारु पुगेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो ।

हर्लिक्सको इतिहास

हर्लिक्सलाई सन् १८७३ मा दुई ब्रिटिश दाजुभाइ विलियम हर्लिक्स र जेम्सले इङ्गल्याण्डमा उत्पादन गरेका थिए । यसलाई १९६९ मा जीएसके ग्रुपलाई बेचिएको थियो ।

भारतमा यसको प्रवेश पहिलो विश्वयुद्धपछि भएको थियो । बि्रटिश आर्मीमा गएका भारतीय सैनिकहरुले यसलाई आफ्नो साथमा लिएर आएका थिए ।

यो बच्चाको पोषणका लागि निकै लोकपि्रय बन्यो । अब फेरि यो हर्लिक्स बि्रटिश कम्पनी युनिलिभरको हातमा गएको छ । किनभने हर्लिक्सलाई खरिद गर्ने एचयुएल युनिलिभरको भारतीय सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment