Comments Add Comment

मोटरसाइकल र भ्यान ठोक्किंदा वीरगञ्जमा एकजनाको मृत्यु

१८ मंसिर, वीरगञ्ज । वीरगञ्ज-पोखरीया सडकखण्डमा भएको सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल र म्याजिक भ्यान ठोक्किंदा पोखरीया नगरपालिका वडा नं ९ का २४ वर्षीय रामनारायण मुखियाको मृत्यु भएको हो ।

वीरगन्जबाट पोखरीया गइरहेको ना१ज ८०२४ नम्बरको म्याजिक भ्यान बिहान अनियन्त्रित भइ विपरीत दिशाबाट आइरहेको ना१२प ५३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटना स्थलमा प्रहरी ढिलो आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले वीरगञ्ज पोखरीया सडकखण्ड अवरुद्ध पारेका छन् । सडकअवरूद्धसँगै स्थिति तनावपूर्ण बनेको छ ।

अवरुद्ध सडक खुलाउनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक मानबहादुर राई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरी नायब उपरीक्षक राईले भने स्थिति खासै तनावपूर्ण नरहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment